ताराबहादुर महत । असार १०, दोलखा । दोलखालाई शैक्षिक गन्तव्य बनाउन जिल्लास्थित सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन । गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आज चरिकोटमा सम्पन्न स्थानिय तहमा उच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । असार १०, दोलखा । दोलखालाई शैक्षिक गन्तव्य बनाउन जिल्लास्थित सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन । गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आज चरिकोटमा सम्पन्न स्थानिय तहमा उच"/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखालाई शैक्षिक गन्तव्य बनाउन ११ बुँदे प्रतिबद्धता

१० असार २०७४, शनिबार १३:५८

ताराबहादुर महत । असार १०, दोलखा । दोलखालाई शैक्षिक गन्तव्य बनाउन जिल्लास्थित सरोकारवालाहरुले ११ बुँदे प्रतिबद्धता जनाएका छन । गौरीशंकर बहुमुखी क्याम्पसको आयोजनामा आज चरिकोटमा सम्पन्न स्थानिय तहमा उच्च शिक्षाको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले उच्च शिक्षामा आधुनिक प्रविधिको प्रयोग गरेर गुणस्तरिय बनाउने प्रतिबद्धता जनाएका हुन ।

प्रतिबद्धता पत्रमा सामुदायिक क्याम्पसहरुलाई राजनीतिक हस्तक्षेप मुक्त गर्ने, उच्च शिक्षालाई गुणस्तरीय र जीवन उपयोगी बनाउन सबै सरोकारवालाहरुको साझेदारी र सहभागीता सुनिश्चत गर्ने, जिल्लामा रहेका क्याम्पसहरुले आपसि समन्वयमा भौगोलिक क्षेत्र र समुदायको माग अनुसार फरक फरक  प्राविधिक विषयहरु संञ्चालन गर्ने प्रतिबद्धता जनाईएको छ । त्यस्तै वर्तमान अवस्थाको विश्लेषण गरी  जिल्लाका सामुदायिक क्याम्पसहरु आपसमा समायोजन गरी अस्वस्थ प्रतिष्पर्धा र खर्च घटाउदै गुणस्तर अभिबृद्धिमा जोड दिने, शैक्षिक उपलब्धि मापनको आधारमा अनुदान उपलब्ध गराउने निति अवलम्वन गर्ने,  जिल्लामा निश्चित समयावधिमा नियमित रुपमा शैक्षिक प्रर्दशनी गर्नुका साथै उच्च शिक्षा प्रदान गर्ने क्याम्पसहरुको सिकाई अनुभवहरु आदानप्रदानका लागि शैक्षिक भ्रमण गराउने लगायत बुँदाहरु समेटिएको छ ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्राध्यापक खिलनाथ सापकोटाले नेपालमा सामुदायिक क्याम्पसहरुको अवस्था सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुहुदैँ सामुदायिक क्याम्पसहरुमा र्र्आिर्थक अभाव, दक्ष जनशक्तिको अभाव, राजनितिक हस्तक्षेप लगायत समस्याका कारण शैक्षिक गुणस्तर खस्किँदै गएको वताउनु भएको छ ।

गौरीशंकर बहुमुखी क्याम्पस दोलखाका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा सांसद तथा एमाले नेताहरु पशुपति चौँलागाँई, पार्वत गुरुङ, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाक्टर प्रेम शर्मा, नेपाली काङग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेकपा एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, भिमेश्वर नगरपालिका प्रमुख भरत के.सी, मेलुङ गाउँपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी यज्ञराज  बोहोरा, जिल्ला समन्वय समिति दोलखाका स्थानीय विकास अधिकारी शंकर नेपाल, जिल्ला शिक्षा अधिकारी नारायणकाजी काशिछवा, शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलाल, कालिञ्चोक गाँउपालिकाका उपाध्यक्ष कालिका पाठक, गौरीशंकर बहुमुखी क्याम्पसका पुर्व अध्यक्ष आत्माकृष्ण श्रेष्ठ लगाएतले मन्तव्य व्यक्त गर्नुहुँदै शैक्षिक गुणस्तर बृद्धिका लागि सबैले आ–आफ्नो तह तप्काबाट सक्रिय भुमिका निर्वाह गर्ने बताउनु भएको थियो । 

यस्तो छ प्रतिबद्धता पत्रः



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम