2026-09-06 12:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

इजरायलले गरेको आक्रमणमा दक्षिणी लेबनानमा १९ जनाको मृत्यु

बेरुत । इजरायलले दक्षिण लेबनानको तेफाहतामा मंगलबार एउटा तीन तले घरमा गरेको आक्रमणमा परेर कम्तीमा १९ जनाको मृत्यु भएको छ । मर्नेमा ६ जना महिला र पाँच बालबालिकासमेत रहेको स्थानीय अधिकारीले बताएका छन् । साउद हमाउदले बीबीसीलाई बताएअनुसार मृत्यु हुनेमा विद्यालयमा पूर्व प्रधानाध्यापक अहमद एजेदिन र उनको परिवारका तीन पुस्ता पनि परेको बताइएको छ ।

मृत्यु हुनेमा एजेदिनकी श्रीमती, बहिनी, छोरीहरू, बुहारी, ज्वाइँ र नाति नातिना समेत छन् । आक्रमणमा परेर उक्त घर नजिकैबाट हिँडिरहेका गाउँका इमाम शेख अब्दो आबो रायाको पनि मृत्यु भएको छ । यस घटनाबारे इजरायली सेनाले अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन ।

तर सेनाले बारम्बार सर्वसाधारणलाई सकेसम्म कम क्षति पुर्‍याउने उपायहरू अपनाउने चाहिँ भनिरहेको छ । गएको चार हप्तायता इजरायली सेनाले लेबनानमा हजारौँ हवाई हमला गरिसकेको छ । आफ्ना सबै आक्रमण त्यहाँ रहेको इरानसमर्थित सशस्त्र समूह हिजबुल्लाहको सञ्चालन, पूर्वाधार र हतियारलाई लक्षित भएको सेनाको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ