७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

९८ वर्षका वृद्ध वडाध्यक्षका उम्मेदवार ! ८० कटेका ५१ वृद्ध चुनावमा भिड्दै

११ असार २०७४, आईतवार ०२:०३

असार ११, काठमाडौं । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा शताब्दी टेक्न लागेको वृद्धसमेत उम्मेदवार भएका छन् । ९८ वर्षीय विष्णुबहादुर रावलले बझाङको दुर्गाचुली गाउँपालिका–३ बाट वडाअध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

१७ जेठ १९७६ मा जन्मिएका रावल कांग्रेसबाट उम्मेदवार बनेका हुन् । रावलको मतदाता नम्बर ०९९४२१७६ हो ।

बझाङको दुर्गाथलीका रावलजस्तै अन्य दुई उम्मेदवार पनि ९० कटेका छन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ मा सदस्यका उम्मेदवार टेकबहादुर तामाङ ९५ वर्षका छन् । उनी एमालेबाट उम्मेदवार भएका हुन् । त्यसैगरी सुनसरीको कोसी गाउँपलिकाको वडा नम्बर ७ मा सदस्यका लागि एमालेबाट उम्मेदवार बनेका सफिद मियाँ ९३ वर्षका छन् ।

८० वर्ष उमेर कटेका ५१ जनाले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका छन् । यीमध्ये ६ जना स्वतन्त्र रुपमा उठेका छन् । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा दुई अपरेशनमा ९ आतङ्कवादी मारिए सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना नेप्से परिसूचकमा १३ अङ्कको गिरावट माइतीघर मण्डलामा प्रदर्शनरत आठ जना प्रहरी नियन्त्रणमा गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने