८ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा

८ कार्तिक २०८१, बिहीबार १३:३५

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मन्त्रालय सम्हालेको एकसय दिनका उपलब्धि एव भएगरेका कामहरुको विवरण सार्वजनिक गरेका छन् ।

विहीबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयबाट भएका प्रमुख कार्य एवम् उपलब्धिहरू सार्वजनिक गरेका हुन् ।

पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी दिए ।

त्यस्तै नेपालको नागरिक उड्डयन प्रणालीलाई सुरक्षित एवं विश्वसनीय बनाउन यसअघिका सबै दुर्घटना जाँच तथा अध्ययन समिति एवं आयोगले गरेका सिफारिस समेत अध्ययन गरी सुझाव दिन सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन भई सुरु भएको

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा रहेको जानकारी पनि गराए ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्तिक २४ गतेदेखि जजिरा एअरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्नेगरी कार्यतालिका स्वीकृत गरिएको साथै आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा वीमालाई समयानुकुल बृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएकोपनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

विपद्को अवस्थामा यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्नेगरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको, अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको। विमानस्थलहरूलाई विहान ४ः३० बजेदेखि रातिको एक बजेसम्म आन्तरिक उडानहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी गराइयो ।

त्यस्तै नेपाल र फ्रान्स बीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा संझौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडी बढाइएको साथै नेपाल र इन्डोनेशिया बीच द्विपक्षीय हवाई सेवा संझौता गर्ने प्रकृया अघि बढेको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सौर्य एअरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरिएको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिइएको जानकारी गराइएको थियो ।

पर्यटन विधेयक २०८१ संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको, क्यासिनो नियमावली, २०८१ स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको, पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको, नेपालका ५८०० देखि ६५०० मिटर उचाईका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन)लाई अनलाईन प्रणालीमार्फत प्रवाह हुने व्यवस्था मिलाइएको, ग्रेट हिमालयन ट्रेलको थप ५ किमी पदमार्ग निर्माण कार्य सम्पन्न गरिएको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद् लगायतको अवस्थामा रहेका करिब दुईसय जना पर्यटकहरूलाई उद्धार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रिय संस्कृति नीति, २०८१ तर्जुमा गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको, प्रतिलिपि अधिकार विधेयक,२०८१ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ को संशोधन मस्यौदा तर्जुमा गरिएको पनि सम्मेलनमार्फत जानकारी दिइयो ।

एकसय दिनका उपलब्धिहरुकै रुपमा संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको ।, अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण तथा व्यवस्थापन) विधेयकको मस्यौदा तयार गरी स्वीकृतिको प्रक्रिया अगाडि बढेको, अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन)कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको जानकारी दिइयो ।

भूकम्पबाट क्षतिग्रस्त पुरातात्विक सम्पदामध्ये थप पाँच सम्पदाको पुनर्निर्माण सकिएको, युनेस्कोका सुझावहरू कार्यान्वयन गर्न लुम्बिनी विश्वसम्पदा संरक्षण कार्ययोजना स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको, सन् २०२५ भित्र तिलौराकोट, कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न तयारी स्वरूपको मिसनद्वारा अवलोकन तथा अध्ययन कार्य सम्पन्न भएको पनि मन्त्रालयले जनाएको छ ।

त्यस्तै पशुपति क्षेत्रमा अवस्थित विश्वरुपा मन्दिर तथा सत्तल पुनर्निर्माण साथै ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिका पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएको साथै शंकर किर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ती सोही स्थानमा पुनर्स्थापना गरिएको जानकारी दिइयो ।

मन्त्री पाण्डेले एकसय दिनमा विशेषगरी ऐन, कानुन निर्माण, नीतिगत सुधारका क्षेत्रमा बढी केन्द्रीत भएर काम गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको जग्गा विवाद : न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ स्थगित, आइतबारलाई तोकियो पेसी रमेशचन्द्र पौडेल कतारका लागि राजदूत नियुक्त अमेरिका गएका वडाध्यक्ष ९ महिना बित्दा पनि नफर्किएपछि वडा कार्यालयमा तालाबन्दी एकै पटक ८५ विमानमा बमको धम्की भाजपाका विदेश विभाग प्रमुखसँग गगन थापाको भेटवार्ता साफ महिला च्याम्पियनसिप: माल्दिभ्सलाई १३-० ले हराउँदै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो भुटान छविलाल जोशी र लिला पछाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति धनराज र ऋषिकेशलाई जोगाएर रविलाई थुनेको भन्दै माओवादीको आपत्ति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति रवि लामिछानेको म्याद थपबारेको बहस सकियो ‘पुष्पा २’ नेपालमा अहिलेसम्मकै महंगो मूल्यमा भित्रिँदै, लगानी उठाउन १९ करोड कमाउनुपर्ने जीवी राईका कानूनी सल्लाहकार राष्ट्रपतिको सल्लाहकार पङ्क्तिमा विराजमान हुनु लज्जास्पद : सूर्य थापा पर्यटनमन्त्री पाण्डेका तीन महिना : ऐन, नियम र कानुन निर्माण प्राथमिकतामा जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न राष्ट्र संघको सहयोग जरुरी सलमान खानलाई धम्की दिने पक्राउ : ५ करोड भारु फिरौती माग्ने झारखण्डमा तरकारी बेच्थे विराज भट्टको ‘१२ गाउँ’ कीर्तिमानी व्यापारको यात्रामा, दुई हप्तामा कति कमायाे ? रवि र छवीलाई अदालतमा उपस्थित गराइयो रास्वपाको आज पोखरामा अन्तिम प्रदर्शन, अब काठमाडौँ केन्द्रीत आन्दोलन गर्ने आज घट्यो सुनचाँदीको मूल्य तिहारमा काठमाडौंमा प्लास्टिकको मालामा प्रतिबन्ध