२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको चेमालाइ पुर्ण सरसफाइ गाँउ घोषणा गर्ने तयारी

११ असार २०७४, आईतवार ०२:३६

नन्दराम जैशी | असार ११, जुम्ला । जुम्ला हिमा गाँउपालिकाको वडा नं ३ मा अवस्थीत चेमा गाँउलाइ पुर्ण सरसफाइ गाँउ घोषणा गर्ने तयारी भैरहेको । घोषणाका लागि जिल्ला स्थीत सरोकारवाला निकायका बिच अनुगमन गरी उक्त गाँउलाइ पुर्ण सरसफाइ गाँउ घोषणा गरीने भएको हो । चेमा गाँउ जिल्लाका अन्य गाँउहरु भन्दा सरसफाइमा अगाडि रहेकाले उक्त गाँउलाइ पुर्ण सरसफाइ घोषणा गर्न सकिने जुम्लाका सरोकारवाला निकायले बताएका छन् ।

पुर्ण सरसफाइका लागि आवाश्यक सुचक पुरा गर्दै चेमा गाँउ सरसफाइमा अघि बढिरहेको छ । घोषणाका लागि जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा अनुगमन गरी आवाश्यक पुर्वाधार निर्माण गर्न सहयोग गर्ने निर्णय गरीएको छ । किर्डाक नेपाल जुम्लाको साझेदारी, जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजना र वाटरएडको आर्थिक सहयोगमा जुम्लामा शनिबार सम्पन्न भएको खानेपानि तथा सरसफाइ स्वच्छताका लागि जिल्ला स्तरीय सरोकारवाला निकायबिच छलफल गोष्ठिले यस्तो निर्णय गरेको हो ।

छलफल गोष्ठिमा किर्डाक नेपाल जुम्लाले संचालन गरेको वाटरएडको वास परियोजना जुम्लाको हिमा गाँउपालिका र सिंजा गाँउपालिकामा मागका आधारमा संचालन गर्ने बिषयमा छलफल भएको थियो । हाल संचालन भएको वाटरएडको वास परियोजना अन्र्तगत जनता मावि महतगाँउ, नेत्रज्योति मावि ओदि र देवारगाँउ कालिका आधारभुत विद्यालयमा बालमैत्रि, लैंगिक मैत्रि र अपांग मैत्रि परियोजना संचालन गर्ने निर्णय भएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक कर्ण भण्डारीले बताउनुभयो ।

छलफल गोष्ठिमा पुर्ण सरसफाइ अभियान संचालन भएका नेपालका चितवन, कास्की लगाएतका जिल्लामा सरोकारवाला निकायले भ्रमण गरी त्यहा भएका सकारात्मक कुराहरुलाइ अनुशरण गर्दै जुम्लामा पुर्ण सरसफाइ समुदाय घोषणा गर्न सकिने बिषयमा छलफल भएको छ । छलफल पछि भ्रमणका लागि स्थान र मिति जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको बैठकबाट तय गरीने निर्णय भएको छ ।

छलफल गोष्ठि जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका संयोजक तथा स्थानिय विकास अधिकारी हरी नारायण बेल्वासेको अध्यक्षता तथा पत्रकार लगाएत जिल्ला स्थीत सरोकारवालाको सहभागितामा सम्पन्न भएको थियो । गोष्ठिमा किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक गोर्ख बहादुर थापा, खानेपानि तथा सरसफाइ सब डिभिजन कार्यालय प्रमुख टंक बहादुर सोडारी, निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देबकोटा, जनस्वास्थ्य अधिकृत पृथ्वीनाथ योगी र गैर सरकारी संस्था महासंघका अध्यक्ष दुर्गा प्रसाद पाण्डे लगाएतले आआफ्नो बिचार सहितको भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य