2026-10-15 01:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

जुम्लाको चेमालाइ पुर्ण सरसफाइ गाँउ घोषणा गर्ने तयारी

नन्दराम जैशी | असार ११, जुम्ला । जुम्ला हिमा गाँउपालिकाको वडा नं ३ मा अवस्थीत चेमा गाँउलाइ पुर्ण सरसफाइ गाँउ घोषणा गर्ने तयारी भैरहेको । घोषणाका लागि जिल्ला स्थीत सरोकारवाला निकायका बिच अनुगमन गरी उक्त गाँउलाइ पुर्ण सरसफाइ गाँउ घोषणा गरीने भएको हो । चेमा गाँउ जिल्लाका अन्य गाँउहरु भन्दा सरसफाइमा अगाडि रहेकाले उक्त गाँउलाइ पुर्ण सरसफाइ घोषणा गर्न सकिने जुम्लाका सरोकारवाला निकायले बताएका छन् ।

पुर्ण सरसफाइका लागि आवाश्यक सुचक पुरा गर्दै चेमा गाँउ सरसफाइमा अघि बढिरहेको छ । घोषणाका लागि जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा अनुगमन गरी आवाश्यक पुर्वाधार निर्माण गर्न सहयोग गर्ने निर्णय गरीएको छ । किर्डाक नेपाल जुम्लाको साझेदारी, जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजना र वाटरएडको आर्थिक सहयोगमा जुम्लामा शनिबार सम्पन्न भएको खानेपानि तथा सरसफाइ स्वच्छताका लागि जिल्ला स्तरीय सरोकारवाला निकायबिच छलफल गोष्ठिले यस्तो निर्णय गरेको हो ।

छलफल गोष्ठिमा किर्डाक नेपाल जुम्लाले संचालन गरेको वाटरएडको वास परियोजना जुम्लाको हिमा गाँउपालिका र सिंजा गाँउपालिकामा मागका आधारमा संचालन गर्ने बिषयमा छलफल भएको थियो । हाल संचालन भएको वाटरएडको वास परियोजना अन्र्तगत जनता मावि महतगाँउ, नेत्रज्योति मावि ओदि र देवारगाँउ कालिका आधारभुत विद्यालयमा बालमैत्रि, लैंगिक मैत्रि र अपांग मैत्रि परियोजना संचालन गर्ने निर्णय भएको किर्डाक नेपाल जुम्लाका कार्यक्रम संयोजक कर्ण भण्डारीले बताउनुभयो ।

छलफल गोष्ठिमा पुर्ण सरसफाइ अभियान संचालन भएका नेपालका चितवन, कास्की लगाएतका जिल्लामा सरोकारवाला निकायले भ्रमण गरी त्यहा भएका सकारात्मक कुराहरुलाइ अनुशरण गर्दै जुम्लामा पुर्ण सरसफाइ समुदाय घोषणा गर्न सकिने बिषयमा छलफल भएको छ । छलफल पछि भ्रमणका लागि स्थान र मिति जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिको बैठकबाट तय गरीने निर्णय भएको छ ।

छलफल गोष्ठि जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिका संयोजक तथा स्थानिय विकास अधिकारी हरी नारायण बेल्वासेको अध्यक्षता तथा पत्रकार लगाएत जिल्ला स्थीत सरोकारवालाको सहभागितामा सम्पन्न भएको थियो । गोष्ठिमा किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक गोर्ख बहादुर थापा, खानेपानि तथा सरसफाइ सब डिभिजन कार्यालय प्रमुख टंक बहादुर सोडारी, निमित्त जिल्ला शिक्षा अधिकारी महेशदत्त देबकोटा, जनस्वास्थ्य अधिकृत पृथ्वीनाथ योगी र गैर सरकारी संस्था महासंघका अध्यक्ष दुर्गा प्रसाद पाण्डे लगाएतले आआफ्नो बिचार सहितको भनाइ राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित