१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकारको १०० दिन मैले त राम्रो मानेको छु : कांग्रेस सभापति देउवा

९ कार्तिक २०८१, शुक्रबार १२:४९

काठमाडौँ | सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिनको कामप्रति आफ्नो दल पूर्ण सन्तुष्ट रहेको बताएका छन्। देउवाले सरकारका प्रारम्भिक १०० दिनलाई ‘हनिमुन डेज’ भनेर व्याख्या गर्दै काम राम्रो गरेको र असन्तुष्टि जनाउने कुनै कारण नरहेको दाबी गरेका छन्।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वप्रधानमन्त्री देउवाले विपद् व्यवस्थापन, राहत, र उद्धारमा सरकारको सक्रियता प्रशंसनीय रहेको बताएका छन्। “बाढीपहिरोमा सरकारले समयमै उद्धार कार्य गरेको छ, हेलिकप्टरबाट उद्धार भएको छ, मान्छे पठाइएको छ,” देउवाले भने। साथै उनले ओली नेतृत्वको सरकारको कामबाट कांग्रेस असन्तुष्ट नभएको र दुई वर्षसम्मको सरकारको अवधिमा सहकार्यको प्रतिवद्धता रहेको स्पष्ट पारे।

देउवाले भने, “ओली नेतृत्वको सरकारसँग हाम्रो कुनै असन्तुष्टि छैन। सानातिना समस्याहरू स्वाभाविक हुन्, तर त्यस्तो असन्तोषजनक अवस्था छैन।” कांग्रेस र एमालेबीचको सुदृढ सहकार्य र साझा उद्देश्यको प्रतिबद्धता रहेको र यसले स्थायीत्वको सन्देश दिन सफल हुने विश्वास उनले व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो