काठमाडौं | सत्ता साझेदार दलहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा अन्य समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
गत बुधबार पनि सत्तारुढ दलको बैठक बसेको थियो । उक्त बैठकले सत्ता साझेदार दलहरुबीच एकमत बनाउनको लागि आजको बैठकमा छलफल गर्ने सहमति भएको थियो ।