२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ : प्रधानमन्त्री ओली

२०८१, १० कार्तिक शनिबार १४:२३

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालको बारेमा संसारलाई बुझाउन जरुरी रहेको बताएका छन् ।

शनिबार (राष्ट्रिय जलवायु सम्मेलन) २०८१ लाई सम्बोधन गर्दै उनले विश्व कल्याणका लागि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘आफ्नो पहिचान गर्नुपर्दछ तर सबैको विकास राष्ट्रिय एकताका साथ गर्नुपर्दछ । प्रकृति परिवर्तन भइरहन्छ, प्रकृति कहिले स्थिर रहँदैन । मान्छेले बनाएर जुन बिगारेको कुरा छ त्यसले वातावरणमा आएको क्षती मानवीय कमी कमजोरीका कारणले अथवा विकास, वातावरणको इको स्टिमलाई नोक्सान नपारिकन गर्नुपर्ने विकास वातावरणतिर ध्यान नदिँदा हाम्रोमा न विकास भएको छ । न त वातावरण नै बिग्रेको छ । स–साना पार्टिकल्स धुँवामा उड्छन् । ति पार्टिकल्स नुनिला पनि हुन्छन् । धुँवा र ति पार्टिकल्स दुईटै सँगै भएपछि हिमालमा ठोकिन्छ र हिउँ पग्लिन्छ । हिउँपर्ने ठाउँहरुमा बाटा खोल्नुपर्यो भने नुन छरेर बाटो खोल्नुपर्ने हुन्छ । जब बाटाहरु नुन छरेर खोलिन्छ तब एकैचोटि एसिड र नुन परेपछि हिमाल कसरी रहन्छ ? त्यसपछि सेता हिमाल काला भइहाल्छन् । त्यहीँ भएर जलवायु सम्बन्धी कर्तव्य निभाउन सकेका छैनौं तर हिमालको बारेमा संसारलाई बुझाउन जरुरी छ । विश्व कल्याणका लगि भएपनि हिमालको बारेमा चासो दिनुपर्ने छ ।’

साथै उनले नेपालले लगभग अन्तर्राष्ट्रिय फोरमहरुमा जलवायु सम्बन्धी लिड गरिरहेको बताए । उनले सबैभन्दा बढी सरकोरावाला, सबैभन्दा बढी प्रभावित र सबैभन्दा बढी असर पार्ने र असरलाई रोक्ने भूगोल नै नेपाल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह