२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी जाँदैछ नयाँ शक्तिमा पहिरो, कार्यकर्ता जोगाउन हम्मेहम्मे

१२ असार २०७४, सोमबार ०२:४०

असार १२, काठमाडौं । नयाँ उत्साहका साथ स्थानीय तह निर्वाचनमा सहभागी भए पनि परिणाम निराशाजनक ल्याएको बाबुरामलाई निर्वाचनमा व्यहोरेको पराजयको मूल्य नै महंगो पर्दै जान थालेको छ । 

दोस्रो चरण निर्वाचनमा सबै संयन्त्र परिचालन गरेर जनमत पार्टीको पक्षमा पार्न लाग्नुपर्ने बेला पार्टीलाई एकपछि अर्को विपत्तिले गिजोल्न सुरु गरेको छ । संवृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित नयाँ पार्टी गठन गरेका बाबुरामका अगाडि यतिबेला सबैभन्दा ठूलो चुनौती आफ्नै कार्यकर्ता जोगाउनु भएको छ । 

चुनावबाट निराशा नेता कार्यकर्ता नयाँ शक्ति छाड्दै माओवादीलगायतका दलतिर डेरा सर्न थालेपछि मोहन वैद्यको हविगत देखेका बाबुरामका नेता कार्यकर्ता आसन्न परिणामको त्रासले त्रसित छन् ।

असार ८ गते ५९ नेता कार्यकर्ता बाबुरामलाई छाडेर पुरानै घर माओवादी केन्द्रमा फर्किएपछि बबरमहलतिर सन्नाटा नै छाएको छ । नयाँ शक्ति विद्यार्थी संगठनको संस्थापक संयोजकसहित विभिन्न जनवर्गीय संगठनका नेता नयाँ शक्तिसँग सम्बन्ध विच्छेद गर्दै प्रचण्ड निवास लाजिम्पाटमै पुगेर माओवादीमा फर्किएका हुन् ।

स्रोतका अनुसार, बाबुरामको पार्टी अबको दिनमा नेता तथा कार्यकर्ता माओवादीतिर ओइरिने चिन्ताले ग्रस्त छ । दोस्रो चरणको निर्वाचनमा परिणाम थप टीठलाग्दो आउने र त्यसले पार्टीमा थप डिजास्टर ल्याउने बाबुरामलगायतको विश्लेषण छ । ‘नयाँ शक्तिका नेता अब कार्यकर्ता जोगाउन नसकिने निष्कर्षमा पुग्न थालेका छन्,’ नयाँ शक्तिका एक नेताले भने, ‘असार १४ पछि थप पहिरो जाने चिन्ताले नेताहरु त्राहीमाम छन् ।’ -साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि पक्राउ पछि सीके राउतको प्रतिक्रिया: ‘सुनौलो भविष्य बोकेको कोपिला निमोठिएको हो’ सभापति लामिछाने पक्राउ: राजनीतिक पूर्वाग्रह साफ वुमन्स च्याम्पियनसिप: नेपाल र भुटानबीचको खेल गोलरहित बराबरीमा सकियो रविलाई रिजालको जवाफ, ‘सरकार मरेको होइन, सक्रिय भएको हो’ रवि लामिछानेसहित को-को विरुद्ध छ पक्राउ पुर्जी ? रविलाई पक्राउ गर्न रास्वपा कार्यालय पुग्यो सीआईबीको टोली रवि लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी पुनःनिर्माणका काममा लाग्न तीनै तहका सरकारलाई प्रधानमन्त्री ओलीको आग्रह पेट दुख्ने समस्या लिएर अस्पताल पुगेका युवकको आन्द्रामा जिउँदो साङ्लो भेटिएपछि.. जीपबाट खसेर बालकको मृत्यु सन्दीपले पाए अमेरिकाको भिसा, आजै बेलुका उड्ने रास्वपाका नेताहरू पार्टी कार्यालय वनस्थलीमा बाली जोगाउन वन्यजन्तुलाई थापेको पासोमा करेन्ट लागेर बालिकाको मृत्यु, २ जना घाइते सुनको मूल्य प्रति आउन्स २ हजार ७ सय डलर नाघ्यो भारतीय कप्तान रोहित शर्माले मागे माफी शेरबहादुर देउवाको दबाब: रविलाई तत्काल पक्राउ नगरे सरकार ढाल्ने चेतावनी रविलाई पक्राउ गर्न लागिएको रास्वपाको आशंका प्रमुख प्रतिपक्षी दलहरूको बैठक: ज्ञापनपत्र बुझाउनेदेखि विशेष अधिवेशन बोलाउनेसम्म छलफल ‘१२ गाउँ’ को बक्सअफिस रिपोर्ट सार्वजनिक: एक सातामा कति कमायो ? सहकारी ठगीमा रवि लामिछानेलाई पक्राउ गरिए सशक्त प्रतिवाद गर्ने विपक्षी दलको निर्णय