२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी जाँदैछ नयाँ शक्तिमा पहिरो, कार्यकर्ता जोगाउन हम्मेहम्मे

२०७४, १२ असार सोमबार ०२:४०

असार १२, काठमाडौं । नयाँ उत्साहका साथ स्थानीय तह निर्वाचनमा सहभागी भए पनि परिणाम निराशाजनक ल्याएको बाबुरामलाई निर्वाचनमा व्यहोरेको पराजयको मूल्य नै महंगो पर्दै जान थालेको छ । 

दोस्रो चरण निर्वाचनमा सबै संयन्त्र परिचालन गरेर जनमत पार्टीको पक्षमा पार्न लाग्नुपर्ने बेला पार्टीलाई एकपछि अर्को विपत्तिले गिजोल्न सुरु गरेको छ । संवृद्ध नेपाल निर्माण गर्ने लक्ष्यसहित नयाँ पार्टी गठन गरेका बाबुरामका अगाडि यतिबेला सबैभन्दा ठूलो चुनौती आफ्नै कार्यकर्ता जोगाउनु भएको छ । 

चुनावबाट निराशा नेता कार्यकर्ता नयाँ शक्ति छाड्दै माओवादीलगायतका दलतिर डेरा सर्न थालेपछि मोहन वैद्यको हविगत देखेका बाबुरामका नेता कार्यकर्ता आसन्न परिणामको त्रासले त्रसित छन् ।

असार ८ गते ५९ नेता कार्यकर्ता बाबुरामलाई छाडेर पुरानै घर माओवादी केन्द्रमा फर्किएपछि बबरमहलतिर सन्नाटा नै छाएको छ । नयाँ शक्ति विद्यार्थी संगठनको संस्थापक संयोजकसहित विभिन्न जनवर्गीय संगठनका नेता नयाँ शक्तिसँग सम्बन्ध विच्छेद गर्दै प्रचण्ड निवास लाजिम्पाटमै पुगेर माओवादीमा फर्किएका हुन् ।

स्रोतका अनुसार, बाबुरामको पार्टी अबको दिनमा नेता तथा कार्यकर्ता माओवादीतिर ओइरिने चिन्ताले ग्रस्त छ । दोस्रो चरणको निर्वाचनमा परिणाम थप टीठलाग्दो आउने र त्यसले पार्टीमा थप डिजास्टर ल्याउने बाबुरामलगायतको विश्लेषण छ । ‘नयाँ शक्तिका नेता अब कार्यकर्ता जोगाउन नसकिने निष्कर्षमा पुग्न थालेका छन्,’ नयाँ शक्तिका एक नेताले भने, ‘असार १४ पछि थप पहिरो जाने चिन्ताले नेताहरु त्राहीमाम छन् ।’ -साँघु साप्ताहिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ