2026-09-19 06:37 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

गुप्तेश्वर गुफाको अध्यक्षमा गिरी सर्वसम्मत चयन

पर्वत । धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफाको साधारणसभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ । साधारणसभाबाट गुफाको अध्यक्षमा मानकुमारी गिरी सर्वसम्मत चयन भएकी छन् ।

संस्थाको कार्य समिति अध्यक्ष तथा सदस्य चयनको कार्य आइतबार बसेको भेलाले गरेको हो । कुश्मा नगरपालिका वडा ४स्थित गुफा परिसरमा गुप्तेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्थाको १८ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको थियो ।

संस्थाको अध्यक्ष मानकुमारी गिरी सहितको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । समितिका सदस्यहरुमा यामनारायण श्रेष्ठ, विपिन गुरुङ, प्रनिश गिरी, शिवप्रसाद सुवेदी, गणेश भण्डारी, शान्ति आचार्य, पवित्रा गिरी, गोविन्द श्रेष्ठ चन्द्र बहादुर क्षेत्री, गोकुल चापागाई रहेका छन् ।

सदस्यहरुलाई पदभार विभाजन भने पहिलो वैठकमा गरिने अध्यक्ष गिरीले जनाइन् । नवनिर्वाचित अध्यक्ष गिरीले गुफाको विकासका लागि आफूले सक्दो योगदान गर्ने बताइन् । सवैको साथ र सहयोगले नै गुफाको वृहत्तर विकास संम्भव हुने उनको धारणा थियो ।

कार्य समिति सदस्य चयनका लागि कमलनाथ पोख्रेलको संयोजकत्वमा दुई सदस्यहरु बलराम कर्माचार्य र तोयानाथ चालिसे सहितको निर्वाचन मण्डल गठन गरिएको थियो ।शनिवार भएको साधारणसभामा संस्थाको आर्थिक वर्ष०७०÷०७१देखि ०७३÷०७४ सम्मको आयव्यय सार्वजनिक गरिएको थियो । आयव्यय सार्वजनिक गरेका संस्थाका कोषाध्यक्ष गणेश भण्डारीका अनुसार कुल आम्दानी २ लाख ९७ हजार ५ सय छ भने उठ्न बाँकी रकम ७ लाख ४९ हजार बराबर छ । आर्थिक वर्ष ०७३÷०७४ को कुल खर्च रकम १ लाख ४८ हजार बराबर छ ।

गुफा संस्थाले विभिन्न व्यक्तिहरुलाई व्याजमा लगानी गरेको उल्लेख छ । केही व्यक्तिले गुफाको रकम व्याजमा लिएका तर लामोसमयदेखि सावाँ व्याज समेत नतिरेको देखिन्छ ।

त्यसैगरी गुफाको भौतिक संरचना निर्माण उपसमिति कोषाध्यक्ष शिवप्रसाद सुवेदीले भौतिक संरचना निर्माणका लागि ३३ लाख ७५ हजार बराबर खर्च भएको विवरण पेश गरेका थिए भने भुक्तानी दिन बाँकी हिसाव ४ लाख ९८ हजार बराबर छ । साधारणसभामा पेश भएको आयव्ययलाई अनुमोदन गरिएको छ । गुफाका अध्यक्ष बालगोपाल श्रेष्ठको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो