२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस्

२०८१, १२ कार्तिक सोमबार १४:४०

काठमाडौँ | सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न रास्वपाकी सांसद डा. चन्दा कार्कीले गृहमन्त्रीलाई आग्रह गरेकी छन्। सोमबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कार्कीले संसदीय छानबिन समितिमा लामिछानेले सबै कागजात र बयान दिइसकेका कारण हिरासतमा राखिराख्न आवश्यक नरहेको बताइन्।

गृहमन्त्री रमेश लेखकको उपस्थिति रहेको बैठकमा कार्कीले लामिछानेको हिरासतको विषयलाई न्यायसंगत र निष्पक्ष बनाउँदै उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न सकिने सम्भावनाबारे विचार गर्न विशेष आग्रह गरिन्। ‘संसदीय छानबिन समितिमा नै सबै कागजात र बयान दिइसकेको अवस्था हो, प्रमाण नष्ट गर्ने र भाग्ने अवस्था छैन,’ कार्कीले भनिन्।

लामिछानेलाई कास्की जिल्ला अदालतको अनुमति अनुसार हिरासतमै राखेर अनुसन्धान गर्न हालसम्म दुई पटक म्याद थप गरिएको छ। सांसद कार्कीले अदालतमा मुद्दा प्रवेश नगरेको अवस्थामा पनि उनलाई हिरासतमा राखिनुले अन्य राजनीतिक प्रतिशोधको आशंका गर्न सकिने बताउँदै गृहमन्त्रीलाई पुनर्विचार गर्न आग्रह गरिन्।

यसैबीच, लामिछानेमाथि राजनीतिक प्रतिशोध लिइएको भन्दै रास्वपाले काठमाडौँ र पोखरामा प्रदर्शन गरिरहेको छ। सांसद कार्कीले यस प्रदर्शन न्यायपालिकामाथि कुनै दबाब सिर्जना गर्ने उद्देश्यले नभएको स्पष्ट पार्दै विपक्षी दलहरूका नेताहरूमाथि मात्र कारबाही भइरहेको भन्दै अन्य राजनीतिक दलहरूलाई सचेत गराइन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह