२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग

१२ कार्तिक २०८१, सोमबार १५:०८

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी उपसभापति धनराज गुरूङमाथि अनुसन्धान गर्न माग गरेका छन्। गुरूङ ललितपुरको मितेरी सहकारी प्रकरणमा जोडिएका छन्।

काठमाडौंमा सोमबार राष्ट्र बैंकका कर्मचारीहरूले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले उपसभापति गुरूङको संलग्नताको चर्चा भएकोले अनुसन्धान गर्न सरकारसँग माग गरेका हुन्।

‘कांग्रेसका उपसभापति धनराज गुरूङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ, सहकारीसम्बन्धी संसदीय समितिमा पनि यस विषयमा छलफल भयो, बहस भयो र थप अनुसन्धान गर्नुपर्छ, म त सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु- बकाइदा अनुसन्धान गर्नुस्। अनुसन्धान गर्नु पनि पर्छ,’ महामन्त्री थापाले भने।

साथै उनले नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलमाथि पनि अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन्। ‘एमाले नेता ऋषि पोखरेलको पनि नाम आयो, गर्नुस् अनुसन्धान,’ उनले भने, ‘यदि गल्ती गर्नु भएको छ भने अभियोजन गर्नुस् र दण्ड दिनुस्।’

गल्ती गरेको छ भने कांग्रेस, एमाले, रास्वपा जो भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनले बताए।

‘पाँच पटक प्रधानमन्त्री बनेको होस्, ठूलो होस्, सानो होस् कि अहिले भइरहेको प्रधानमन्त्री हो कि भोलि हुने प्रधानमन्त्री हो जोसुकै होस् कानुनभन्दा माथि कोही पनि छैन। न्यायको कठघरामा सबै उभिनुपर्छ भन्ने कुरा सरकारले स्थापित गराउन सक्नुपर्छ,’ उनले भने।

यति कुरा गराउन सके मात्र जनतामा विश्वासको वातावरण बनाउन सकिने थापाले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन