२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु

२०८१, १२ कार्तिक सोमबार १५:४३

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउँदा कार्यक्षेत्र र कार्यबोझ थपिने धारणा राखेका छन् ।

सोमबार राज्य व्यवस्था समितिमाअख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा भएको छलफलमा उनले संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको बढेको भन्दै यस्तो बेला झन निजी क्षेत्रमा पनि प्रवेश गराउन नहुने बताए ।

उनले भने,‘संघीयतामा मुलुक गइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्र र कार्यवोझ बढेको छ । यतिबेला नै यो महासन्धीलाई देखाएर त्यसकारण निजी क्षेत्रमा पनि प्रवेश ग¥यौं भने कति असर पर्छ ?प्रवेश गर्दा कहाँ किन आवश्यक प¥यो बाध्यकारी स्पष्ट गरौं । नियमन गर्ने निकाय र व्यवस्था छ तर निजी क्षेत्रमा प्रवेश गर्दा आतकिंत छ, त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ ।’

त्यस्तै रास्वपाकी सांसद चन्दा कार्की भण्डारीले आफूहरूले विरोध प्रदर्शन गरेर न्यायपालिकाको काम,कारबाही प्रभावित गर्न नखोजेको स्पष्ट पारिन् ।

देशको चौथो ठूलो पार्टी, जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक रहेको उनको भनाई छ ।

उनले भनिन्,‘रास्वपाले न्यायपालिका प्रभावित गर्न खोजेको होइन । देशको चौथो ठूलो पार्टी जनताले पत्याएको सभापति थुन्दा स्वस्फूर्त जमातले चिन्ता गर्नु स्वाभाविक हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह