१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो

१२ कार्तिक २०८१, सोमबार १५:४८

काठमाडौं । इजरायलीहवाई आक्रमणमा परेर गाजामापछिल्लो २४ घण्टामाकरिब ७० जनाव्यक्तिको ज्यानगएको जनाइएको छ ।

उत्तरी गाजामाआक्रमण जारी रहँदातीनमहिनापछिपुनः सुरु भएको युद्धविरामवार्ताले कुनै ठोस परिणाम देखाएको छैन । गाजामाविशेषगरी जबालिया, बेइतलहिया र बेइतहनुनमा केन्द्रित इजरायली सैन्य आक्रमणले चौथो हप्तामाप्रवेश गरेको छ ।

आइतबार इजरायलको तेलअविभको उत्तरमा रहेको रमातहशरोनमाट्रकले बस स्टपमाठक्कर दिँदा एक जनाको ज्यानगएको र ४० भन्दाबढीव्यक्तिघाइते भएकाछन् । प्रहरीकाअनुसार, यो आक्रमणलाई आतंकवादीघटनामानिएको छ र ट्रकचालकलाई गोलीहानीएको थियो । हमास र इस्लामिक समूहले यस आक्रमणको प्रशंसा गरे पनिजिम्माभने लिएका छैनन् ।

इजरायली सेनाले आइतबार कब्जा गरिएको पश्चिमकिनारामाहिज्माभन्ने ठाउँमा एक प्यालेस्टिनीव्यक्तिलाई सैनिकहरूलाई छुरा प्रहार गर्न प्रयास गर्दा गोलीहानीहत्या गरेको बताएको छ ।

इजरायली सेनाले शनिबार उत्तरी गाजामा रहेको कमलअदवानअस्पतालमाछापा मारेपछिआइतबार बिहानअस्पतालबाटफिर्ता गएको थियो ।

घटनामादर्जनौं पुरुष स्वास्थ्यकर्मी र केही बिरामीलाई नियन्त्रणमालिएको अस्पतालले जनाएको छ । शनिबार साँझ बेइतलहियामाभएको हवाई आक्रमणमा मृत्यु हुनेको संख्या ४० पुगेको छ भने जबालियामाआइतबार बिहानभएको बम विस्फोटमा २० जनाको ज्यानगएको छ ।

शतीक्षेत्रमा रहेको विद्यालयमाथिआक्रमणहुँदा ११ जनामारिएकाछन ्। इजरायली रक्षा बल (आईडीएफ) ले जबालियामा ४० भन्दाबढी ‘आतंकवादी’लाई निसानाबनाएको दाबी गरेको छ भने बेइतलहियामाभने ज्यानजानेको एकिन संख्या सार्वजनिकनभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

उता, संयुक्त राष्ट्र संघकामहासचिवएन्टोनियो गुटेरेसले गाजामा फसेका सर्वसाधारणको अवस्था सहनै नसक्ने भएको बताएकाछन् । युएनको कार्यालयले उत्तर गाजामामृत्यु, घाइते र विनाशको उच्च स्तर देखेर महासचिव स्तब्धभएको जनाएको छ ।

इजरायलीप्रधानमन्त्रीबेन्जामिन नेतान्याहूको भाषणको क्रममागाजामा फसेका इजरायलीबन्धकहरूको परिवारले उनको भाषणअवरुद्ध गरेका थिए । इजरायलीहरूले नेतान्याहूमाथियुद्धकै कारणबन्धकहरूलाई फिर्ता ल्याउनको लागिप्रयास नगरेको आरोप लगाएकाछन ्।

यसैगरी, लेबनानी स्वास्थ्यमन्त्रालयकाअनुसार दक्षिणी लेबनानको तीन स्थानमाभएको इजरायलीआक्रमणमाआइतबार कम्तिमा २१ जनाको ज्यानगएको छ । इजरायली सेनाले लेबनानीआतङ्कवादी समूहहिज्बुल्लाहसँगको लडाइँमा७० भन्दाबढीलडाकू मारेको दाबी गरेको छ । साथै, इजरायलले आफ्नापाँच सैनिकहरूको मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या