2026-10-23 01:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय विमानहरूलाई बमले उडाउने धम्की दिने व्यक्तिको खुल्यो पहिचान

नयाँ दिल्ली । भारतीय विमान सेवा प्रदायक कम्पनीहरूलाई विमानलाई बमले उडाइदिने धम्की आउने क्रम रोकिएको छैन । पछिल्लो १३ दिनयता कम्पनीहरूले तीन सयभन्दा धेरै धम्की आएका हुन् ।

यी सबैको पछाडि कसको हात छ भन्ने प्रश्न बारम्बार उठिरहेको छ । यसैबिच नागपुर प्रहरीले ठुलो सफलता हात पारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यस मामिलामा प्रहरीले महाराष्ट्रको गोन्दियाका ३५ वर्षीय पुरुषको पहिचान गरेका छन् । बम राखेको झूटा धम्कीका पछाडि यही व्यक्तिको हात रहेको बताइएको छ ।

२०२१ मा परेका थिए पक्राउ
नागपुर प्रहरीको विशेष शाखाले ती व्यक्तिलाई जगदीश उइकेको रूपमा पहिचान गरेको एक अधिकारीले बताएका छन् । । उनी सन २०२१ मा एक मामिलामा पक्राउ परिसकेका छन् ।

उइकेले आतङ्कवादसम्बन्धी किताब पनि लेखेका थिए । धम्की पूर्ण इमेलमा आफ्नो संलग्नताबारे प्रहरीले भेउ पाएको थाहा पाएपछि उइके हाल फरार रहेको बताइएको छ ।

क–कसलाई पठाएका थिए इमेल ?
प्रहरी उपायुक्त (डीसीपी) श्वेता खेडकरको नेतृत्वमा भएको अनुसन्धानमा उइकेको इमेलसँग सम्बन्धित जानकारी बाहिर आएको हो । उइकेले प्रधानमन्त्रीको कार्यालय, रेल मन्त्री, महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्दे र उनका उपप्रमुख, एयरलाइन्स कार्यालयहरू, प्रहरी महानिदेशक (डीजीपी) र रेलवे सुरक्षा बल (आरपीएफ)लगायत विभिन्न सरकारी निकायहरूलाई इमेल पठाएका थिए ।

उइकेले आतङ्कवादी खतराबारे चर्चा गर्न प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न अनुरोध पनि गरेका थिए । उइकेले अक्टोबर २१ मा रेल मन्त्री अश्विनी वैष्णवलाई इमेल पठाएका थिए । यो इमेल डीजीपी र आरपीएफलाई पनि पठाइएको थियो ।

धम्कीपूर्ण मेल आएपछि रेलवे स्टेसनहरूमा सुरक्षा बढाइएको थियो । उइकेलाई पक्राउ गर्न विशेष टोली गठन गरिएको छ ।

१३ दिनमा ३०० भन्दा धेरै विमानमा धम्की
गत अक्टोबर २६ सम्मको १३ दिनमा भारतीय वायुसेवा प्रदायक कम्पनीका ३ सयभन्दा बढी उडानमा बम राखिएको धम्की आएको थियो । धेरै जसो धम्कीहरू सामाजिक सञ्जाल मार्फत दिइएको थियो । अक्टोबर २२ मा एकैदिन इन्डिगो र एयर इन्डियाका १३–१३ उडानसहित करिब ५० विमानमा बमको धम्की आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने