२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजेन्द्र लिङदेनको दाबी- ठूला तीन दल भ्रष्ट, रास्वपा हावा

१३ कार्तिक २०८१, मंगलवार १४:१६

काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा नेपाली जनताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन्। मंगलबार कीर्तिपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै लिङदेनले ठूला दलहरूलाई भ्रष्टाचारको अभियोग लगाउँदै तिनीहरूले देशलाई बर्बाद पारेको जिकिर गरे।

लिङदेनले ठूला दललाई भोट दिएर देशलाई बिगार्ने काममा सहभागी हुन नहुने भन्दै जनतालाई सचेत रहन आग्रह गरे। उनले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘हावादारी पार्टी’ को संज्ञा दिँदै, यस पार्टीसँग देशलाई अघि बढाउने स्पष्ट योजना र अनुभवको कमी रहेको दाबी गरे।

“यो उपनिर्वाचनमा राप्रपाले नजितेर कसले जित्छ त? फेरि पनि कांग्रेस, एमाले, माओवादीलाई भोट दिने? यत्रो देश बर्बाद भयो। हावामा भोट दिएर फेरि बाँकी समय बर्बाद गर्ने?”, अध्यक्ष लिङदेनले प्रश्न गरे।

उनले राप्रपाले जितेका स्थानीय तहले सुशासन र विकासमा नमूनायोग्य काम गरेको भन्दै जनताले यसपटक राप्रपालाई साथ दिने विश्वास व्यक्त गरे। लिङदेनले राप्रपालाई मात्र भ्रष्टाचारविरोधी र सुशासनको पक्षधर पार्टीको रूपमा चित्रित गर्दै यसपटक जनतालाई सोचसमझ गरेर मतदान गर्न आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम