२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेको बयान अन्तिम चरणमा, आज सक्ने तयारी

२०८१, १४ कार्तिक बुधबार १२:४९

काठमाडौँ | सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग आज पनि बयान लिइँदै छ। जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछानेसँगको बयान जारी छ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी प्रमुख कमला काफ्लेका अनुसार मंगलबार बयान पूरा नभएकाले आज बयान सम्पन्न गर्ने प्रयास भइरहेको छ। कार्तिक १२ गते अनुसन्धान अधिकारी र सरकारी वकिलले लामिछानेसँग साढे ८ घण्टा बयान लिएका थिए। अनुसन्धानमा संलग्न एक अधिकारीले बयान नसकिएको र आज पनि निरन्तर बयान लिइने जानकारी दिए।

लामिछाने कार्तिक २ मा वनस्थलीबाट पक्राउ परेका हुन्। सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाल पनि हाल कास्की प्रहरीको हिरासतमा छन्।

अहिलेसम्मको बयानमा रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट कुनै ऋण नलिएको दाबी गरेका छन्। पोखरा महानगरपालिका वडा नम्बर ५ मा सञ्चालित सहकारीमा आफू सेयर सदस्य वा ऋणी नभएको उल्लेख गर्दै उनले भनेका छन्, “सूर्यदर्शनको सञ्चालक समिति, लेखा समिति, ऋण समिति वा अन्य कुनै पनि पदमा म थिएन।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु