Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजेन्द्र महतोको दाबी- रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ

२०८१, १४ कार्तिक बुधबार १४:१३

काठमाडौँ | राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछाने पक्राउको विषय प्रतिशोध वा बार्गेनिङमा टुंगिने आशंका गरेका छन् ।

अध्यक्ष महतोले एक विज्ञप्ति जारी गर्दै जो सुकै भएपनि अभियोग वा आरोप लागेकामाथि निष्पक्ष न्यायिक अनुसन्धान एवं कारवाही हुनुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘लामिछानेको मुद्दामा पनि निष्पक्ष र न्यायसङ्गत छानबिन हुनुपर्छ। अहिले सरकारले अनुसन्धान गर्दैछ, न्यायालयले प्रमाण एवं तथ्यको आधारमा फैसला गर्लान् भन्ने राष्ट्रिय मुक्ति पार्टी नेपालले विश्वास लिएको छ । यी सबै प्रक्रियालाई नेपाली जनतासँगै राष्ट्रिय मुक्ति पार्टी नेपालले पनि सुक्ष्म ढंगले नियालिरहेका छौं । किनभने यहाँ भएका ऐन कानूनको दुरुपयोग राज्य चलाउनेहरूले, सरकारमा बस्ने पार्टी र शीर्ष नेताहरूले गर्दै आएको पनि नेपाली जनताले महसुस गरिरहेकै छ ।’

आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेहरूलाई र विपक्षीहरूलाई तह लगाउन, आफ्नालाई संरक्षण गर्न, अनुचित लाभ प्राप्त गरी अपराधी उम्काउन यसको निम्ति कानूनको प्रयोग हतियारको रूपमा गर्दै आएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभरिका ठूला सहकारी संस्थाहरूले मात्रै सर्वसाधारण बचतकर्ताको खरबौ रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्य भेटिएको छ । सहकारीको रकम अपचलन गर्ने दोषीलाई कारबाही गरी लाखौं बचतकर्ताको रकम फिर्ता गर्नुपर्ने विषय सरकारको निम्ति मुख्य बन्छ कि बन्दैन ? खासगरी लामो समयदेखि सत्तारुढ राजनीतिक दलको आवरणमा भएको सहकारी ठगीमा उनीहरूमाथि पनि राज्यले कारवाही गर्छ कि गर्दैन ? १० रोपनी १४ आना जग्गा प्रधानमन्त्री तथा सत्तारूढ दलले नै अनुचित ढंगले प्राप्त गरेको बारे अदालतले तत्काल कार्यान्वयन रोकेको छ ।’

गिरीबन्धु, वाइड बडी, ललिता निवास, क्यान्टोनमेन्ट, यती, सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, प्रिन्टिंग प्रेस खरीद प्रकरण, ओम्नीजस्ता भ्रष्टाचारको काण्ड कहाँ पुग्यो ? यसको जवाफ र उत्तर सरकारले कहिले दिने हो ? भन्दै प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश