२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

१५ कार्तिक २०८१, बिहीबार ०९:०९

काठमाडौं । रूड भान निस्टलरोयले म्यानचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा सफल शुरुवात गरेका छन् ।

प्रशिक्षक एरिक टेन हागलाई बर्खास्त गरेपछि दुई दिनअघि मात्र भान निस्टलरोयलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिइएको थियो ।

चुनौतीपूर्ण अवस्थामा क्लब सम्हाले पनि कारबाओ कपमा म्यानचेस्टर युनाइटडेले लेस्टर सिटीमाथि ५–२ को फराकिलो जीत दिलाउँन सफल भए । जितसँगै युनाइटेड कारबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

विहीबार विहान सकिएको खेलमा युनाइटेडले सुरुदेखि नै दबाब बनाएको थियो । पहिलो गोल ब्राजिलियन मिडफिल्डर क्यासेमिरोले १५ औं मिनेटमा ३० यार्ड दूरीबाट सानदार शट प्रहार गर्दै गरेका थिए ।

अलजाहेन्द्रो गार्नाचोले २८ औं मिनेटमा गोल गरेपछि युनाइटेडको अग्रता दोब्बर भएको थियो । ३३ औं मिनेटमा बिलाल एल अन्नोसले गोल गर्दै लेस्टरलाई खेलमा फर्काउने संकेत गरेका थिए ।

तर, ३६ औं मिनेटमा ब्रुनो फर्नान्डेस र ३९ औं मिनेटमा कासमिरोले गोल गरेपछि युनाइटेड ४–१ ले अघि बढेको थियो । पहिलो हाफको अतिरिक्त समयमा लेस्टरका कोडीले गोल गर्दै अग्रता ४–२ मा झारेका थिए ।

दोस्रो हाफमा युनाइटेडले थप १ गोल गरेपछि ५–२ को नतिजा निस्कियो । युनाइटेडका ब्रुनो फर्नान्डेसले व्यक्तिगत दोस्रो गोल ५९ औं मिनेटमा गरेका थिए ।

पुराना प्रशिक्षक सर एलेक्स फर्गुसन पनि दर्शकदीर्घामा रहेका थिए, र युनाइटेडका उच्च अधिकारीहरू एरिक टेन हागको स्थायी विकल्पको खोजीमा रहेका छन् । यो जितले टिमलाई थप हौसला दिएको प्रशिक्षक भान निस्टलरोयले बताएका छन् ।

यदि यो खेलमा भीएआर प्रणाली भएको भए, युनाइटेडको दोस्रो गोल सम्भवतः मान्य हुँदैन थियो । डियोगो डालोट अफसाइड स्थितिमा रहेको देखिएको थियो । लेस्टरका प्रशिक्षक स्टीव कुपरले यो निर्णयप्रति असन्तुष्टि जनाएका थिए ।

कारबाओ कपमा भीएआर प्रणाली सेमिफाइनल र फाइनलमा मात्र प्रयोग गरिने हुँदा डालोटले खेल जारी राखे ।

लेस्टरले गत साता घरेलु मैदानमा नोटिङघम फरेस्टसँग पराजित भएपछि यो खेलमा नौ परिवर्तन गर्दै मैदानमा उत्रिएको थियो । प्रशिक्षक कुपरले भने उनको मुख्य प्राथमिकता प्रिमियर लिगमा टिमलाई सुरक्षित राख्नु रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण