२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोक्सा आरोपमा ६३ वर्षीय वृद्धको घाँटी रेटेर बीभत्स हत्या

२०७४, १३ असार मंगलवार ०२:१७


असार १३, काठमाडौँ । ‘बोक्सा’ आरोपमा पटक–पटक अपमानित हुँदै आएका मोरङका एक वृद्धको आइतबार राति बीभत्स हत्या भएको छ । 

रंगेली नगरपालिका–९ स्थित घर नजिकैको बजार गएर फर्कंदै गर्दा ६३ वर्षीय पहाडचन राजवंशीको घाँटी रेटेर हत्या भएको हो । बीच सडकमै रगताम्य अवस्थामा शव फेला परेको थियो । हत्या कसले गरेको भन्ने खुलेको छैन । घटनास्थलमा कुनै हतियार वा शंकास्पद वस्तु फेला परेको छैन । 

प्रहरीले हत्यामा संलग्न कसैलाई सोमबार साँझसम्म नियन्त्रणमा लिन सकेको छैन । केही गाउँलेले पहिले बोक्सा आरोप लगाएपछि प्रहरी कारबाहीमा परेका समूहको संलग्नता हुन सक्ने आशंका गरेका छन् । इलाका प्रहरी रंगेलीका निरीक्षक सञ्जीवबाबु खड्काका अनुसार बजारबाट फर्कने क्रममा घरभन्दा करिब दुई सय मिटर पश्चिम सडकमा उनको शव फेला परेको थियो । धारिलो हतियारले अनुहारको आधा भाग र घाँटी आधासम्म काटिएको प्रहरीले जनायो । 

७ बजेतिर भएको घटनाको खबर पाएपछि पुगेको प्रहरी टोलीले राति नै शव रंगेली अस्पताल पु¥याएको थियो । पोस्टमार्टम रिपोर्टमा घाँटी र अनुहारमा धारिलो हतियार प्रहार भएपछि रक्तस्रावका कारण मृत्यु भएको उल्लेख छ । घटनास्थलमा उनले बजारबाट ल्याएको पाउरोटी, बिस्कुट र भुजालगायत सामग्री फेला परेको थियो । घरबाट हिँडेको करिब दुई घण्टापछि उनको ‘दुर्घटना भएको’ खबर पाएर छोरा लक्ष्मी घटनास्थल पुगेका थिए । 

‘म पुग्दा रगताम्य भएर लडिरहनुभएको थियो,’ उनले भने, ‘घाँटी र अनुहार धारिलो हतियारले काटिएको थियो, बोलाउँदा चलमल गर्नुभएन, प्राण गइसकेको रहेछ ।’ पहिलेको घटना सबै साम्य भइसकेको उल्लेख गर्दै उनले पछिल्लो समय कसैसँग झगडा र विवाद नभए पनि यस्तो घटना हुँदा आश्चर्य लागेको बताए ।

घटनापछि मृतककी श्रीमती पटक–पटक मुर्च्छित हुने गरेकी छन् । मृतकका सम्धी महावीर राजवंशीलगायत आफन्तले सूक्ष्म अनुसन्धान गरी हत्यामा संलग्नलाई कारबाहीको माग गरेका छन् । प्रहरी टोलीले सोमबार परिवार, छिमेकी र आफन्तसित सोधपुछ गरेको छ । 

‘घटना रहस्यमय छ,’ खड्काले भने, ‘धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।’ सोमबार बिहान प्रहरी पुग्दा घरमा परिवारका केही सदस्य मात्र थिए । आसपास क्षेत्रमा करिब ५० घरको बस्ती भए पनि सान्त्वना दिन कोही आएनन् । प्रारम्भिक अनुसन्धानमा पुरानो रिसइबीका कारण हत्या भएको हुन सक्ने खड्काले बताए । छरछिमेकबाट कोही सहानुभूति दिन नआउनु शंकास्पद रहेको उनले जनाए । 

के भएको थियो पहिले ?

स्थानीयका अनुसार २०६९ सालसम्म तत्कालीन दर्बेसा गाविस–८ वनकोलमा कोही बिरामी परे वा मृत्यु भए पहाडचनले ‘तन्त्रमन्त्र’ गरेको गाउँलेले आरोप लगाउने गरेका थिए । लामो समय थलिएर गाउँकै एक वृद्ध र युवकको मृत्यु भएपछि त्यसमा पहाडचनकै ‘तन्त्रमन्त्र’ लाई कारण मान्दै उनलाई दुव्र्यवहार गरेका थिए ।

पटक–पटक बोक्साको आरोप खेप्दै आएका उनलाई त्यसैताका गाउँलेको समूहले मानव मलमूत्र खुवाउने प्रयास गर्दै कुटपिट गरेको एक स्थानीयले बताए । त्यो घटनापछि पहाडचन र उनकी श्रीमती अंशु केही समय बिस्थापित भएका थिए ।

प्रहरीले पीडित परिवारको उजुरीका आधारमा कुटपिटमा संलग्न ७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि उनीहरू फर्केका थिए । पछि नियन्त्रणमा रहेका व्यक्तिलाई जनही दुई हजार रुपैयाँ धरौटीमा छाडिएको थियो । 

आरोपितहरू पटक–पटक प्रहरी तारेखमा धाउनुपर्ने भएपछि असहज स्थिति आएको भन्दै गाउँलेको भेलाले आइन्दा कसैले दुव्र्यवहार र आरोप–प्रत्यारोप नगर्ने सहमति गरेको मृतकका दाजु महावीर राजवंशीले बताए । पीडितको घरभन्दा केही पर्तिर उनका भाइ रामप्रसाद बस्दै आएका थिए । दाजुलाई दुव्र्यवहार हुँदा उनैले धेरै पटक गाउँलेलाई सम्झाई–बुझाई गरेका थिए । 

-‘बोक्सा’ आरोपमा यसअघि पटक–पटक अपमानित

- सान्त्वना दिनसमेत आएनन् छरछिमेकी

- प्रहरी भन्छ– ‘घटना शंकास्पद’ -कत्निपुर दैनिक 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति