इस्लामावाद । पाकिस्तानका राष्ट्रपति आसिफ अली ज़रदारी दुबई विमानस्थलमा विमानबाट ओर्लिने क्रममा लडेपछि खुट्टा भाँचिएको छ। पाकिस्तानका राष्ट्रपतिको सचिवालयले यो जानकारी सार्वजनिक गरेको हो।
बुधबार राति दुबईस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा विमानबाट ओर्लिने क्रममा लडेर उनको खुट्टाको हड्डी भाँचिएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ ।
जरदारीलाई तत्कालै अस्पताल लगिएको थियो । उनको खुट्टामा प्लास्टर लगाइएको र केही समय आराम गर्न चिकित्सकले सुझाव दिएको पाकिस्तानी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उनी अस्पतालबाट डिस्चार्ज भइसकेको बताइएको छ ।