९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने रतन कार्की प्रहरी निगरानीमा

१९ कार्तिक २०८१, सोमबार १५:५७

काठमाडौं । दशरथ रंगशालामा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न उक्साउने अभिव्यक्ति दिएपछि रतन कार्की प्रहरीको निगरानीमा परेका छन्। काठमाडौंमा बुधबार सम्पन्न दक्षिण एशियाली महिला फुटबल प्रतियोगिताको फाइनल खेल हेर्न पुगेका प्रधानमन्त्रीविरुद्ध रंगशालामा नाराबाजी गरिनुका साथै हत्या गर्न उक्साउने गतिविधि पनि देखिएपछि प्रहरीले यस मामलामा अनुसन्धान सुरु गरेको हो।

जापानमा बस्दै आएका कार्कीले फेसबुक लाइभमार्फत उक्त अभिव्यक्ति दिएका थिए। लाइभको क्रममा उनले उपस्थित दर्शकलाई “प्रधानमन्त्रीलाई घेरेर हत्या गर्न” उक्साएका थिए।

उनले फेसबुक लाइभ गर्दै भनेका थिए, ‘आज गरौं यत्तिचाहिँ गरिहालौं के ! आज गरिएन भने हामी धेरै पछुताइन्छ । आँटौं साथीहरु आज । तपाईंहरुले गेम हेरिरहनुभएको होला,तर मैले अरु नै केही हेरिरहेको छु । आज हामीले चाहेम भने मार्न सकिन्छ । यत्रो मान्छे छन् एउटा ग्रुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ । मारेपछि मारेको मार्यै हुन्छ । आँटम त आज । आज आँटी हालौं,धेरै टाइम पनि छैन । बूढो गइहाल्छ मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन । बुझ्नु न यत्ति चाँही गरौं के । आज गरिएन भने पछुताइन्छ साथीहरु ।’ त्यसो भनेपछि उनी रुन्चे स्वर र अनुहारमा प्रस्तुत भएका थिए ।

प्रहरी र जापानस्थित नेपाली दूतावासले कार्कीको यस गतिविधिबारे प्रारम्भिक विवरण प्राप्त गरी उनको निगरानीमा राखेका छन्। प्रहरी स्रोतका अनुसार कार्कीको बारेमा विस्तृत विवरण संकलन गरिसकिएको छ। यस घटनाले राष्ट्रिय सुरक्षासम्बन्धी गम्भीर प्रश्न खडा गरेको छ, र यसमा संलग्न अन्य व्यक्तिहरूको पहिचान गर्न समेत प्रहरीले अनुसन्धानलाई अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता