२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछानेलाई थप २५ दिन हिरासतमा राख्न माग

२०८१, २० कार्तिक मंगलवार १४:५५

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीले थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेको छ। कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत गरिएको यस मागमा अदालतले निर्णय गर्न बाँकी रहेको छ।

रविको पक्षबाट उपस्थित अधिवक्ताहरू—नारायण घिमिरे, नारायण कँडेल, र सुशील पन्त—ले बहस गर्दै अनुसन्धान भइसकेको र उनलाई रिहा गर्नुपर्ने तर्क गरेका छन्। तिनको अनुसार, लामिछानेलाई अब हिरासतमा राख्नुको कुनै औचित्य छैन।

यता, पीडित पक्षका वकील युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले भने लामिछानेलाई हिरासतमा राख्नुपर्ने तर्क गरेका छन्।

कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेमाथि कास्की प्रहरीले सहकारी ठगीको अभियोगमा अनुसन्धान गरिरहेको छ। अदालतले म्याद थप गर्ने वा नगर्ने बारेमा निर्णय गर्न बाँकी रहेको भए पनि न्यायाधीश चन्द्रकान्त पौडेलले आदेश सुनाइसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा