९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुदूरपश्चिमका जनता अहिले शेरबहादुर देउवाको नामसमेत सुन्न तयार छैनन् : सिंह

२० कार्तिक २०८१, मंगलवार १६:२६

काठमाडौँ | स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले अहिले सुदूरपश्चिमका जनता कांग्रेस सभापति शेरबहादुर देउवाको नामसमेत सुन्न तयार नभएको टिप्पणी गरेका छन् । आफू भर्खरै सुदूरपश्चिमको भ्रमणबाट फर्किएको बताउँदै उनले त्यहाँका जनताले देउवाको नामसमेत सुन्न नचाहेको दाबी पेश गरे ।

प्राइम टिभीबाट प्रसारण भएको ‘प्राइम सम्वाद’ मा पत्रकार कृष्ण मल्लसँगको कुराकानीमा सांसद सिंहले छठपनि सुरु हुने आन्दोलनबाट ३० वर्षदेखि देश कब्जा गरेर बसेका पूराना नेताहरु पलायन हुने दाबीसमेत गरे । उनले सत्तामा बसेकाहरुलाई पनि सत्तामाथि विश्वास नभएर अहिले भित्रभित्र आन्दोलनको तयारी थालेको खुलासा गरे ।

उनले भने,‘उपेन्द्र यादव र सिके राउतपनि आन्दोलनको तयारीमा छन् । सिके राउतले बोलिसक्नुभयो । उपेन्द्र यादवपनि घुमिरहनुभएको छ । राप्रपाले पनि आन्दोलनको तयारी गरेको छ । रास्वपा त आन्दोलनमै छ । अहिले केही दिन आन्दोलन स्थगन् भएको हो । बालेन शाहले पनि भित्रभित्र आन्दोलनको तयारी गरिरहेका छन् ।

उनले सरकारसँग टसल गरिरहेका छन् । माओवादीले पनि आफ्नो साख जोगाउनको लागि आन्दोलनको तयारीमा छ । कसैले समायोजन गरिदियो भने यिनीहरु सबै एक ठाउँमा हुन्छन् । यो सरकार जम्मा दुई जनाको हो, आरजु देउवा र केपी ओलीको हो । पार्टीको भूमिका गौण छ । दलभित्रै लोकतन्त्र छैन् । दलपनिले राजाभन्दा बढि पार्टीभित्र र देशभित्र निरंकुशता लाद्न खोजिरहेको छ । यो कुरा जनताले बर्दास्त गर्दैनन् ।’ उनले मीनबहादुर गुरुङको दाने जग्गा लिने एमालेको निर्णय नै हाकाहाकी भ्रष्टाचार भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो