2026-10-23 03:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

विश्व

डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी भइसके : फक्स न्यूज

काठमाडौँ | अमेरिकी केबल टेलिभिजन च्यानल फक्स न्यूजको प्रक्षेपणले अबको राष्ट्रपति डोनाल्ड ट्रम्प हुने देखाएको छ । फक्सले अमेरिकाको ४७ औँ राष्ट्रपति ट्रम्प हुने आँकडा प्रस्तुत गरेको छ ।

फक्स न्यूजका अनुसार पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुनः राष्ट्रपतिको निर्वाचन जित्दै ह्वाइट हाउसमा आफ्नो दोस्रो कार्यकालको यात्रा तय गरेका हुन्। यससँगै, ग्रोभर क्लीभल्यान्डपछि दुई फरक कार्यकालमा राष्ट्रपति बन्ने ट्रम्प दोस्रो व्यक्ति भएको पत्रिकामा बताइएको छ।

फक्स न्यूजको निर्णय डेस्कले प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नर्थ क्यारोलिना, विस्कन्सिन, पेन्सिलभेनिया र जर्जियामा ट्रम्पले विजय हासिल गरेको प्रक्षेपण गरेको थियो। ट्रम्पले विस्कन्सिनमा जित हासिल गरेपछि उनको जीत निश्चित भएको बताइएको छ। कमला ह्यारिसको लागि पेन्सिलभेनिया, विस्कन्सिन र मिशिगन महत्त्वपूर्ण राज्यहरू थिए, तर ट्रम्पको विजयले ती राज्यहरूमा ह्यारिसको मार्ग बन्द गरिदिएको बताइएको छ।

ताजा अवस्थामा ट्रम्पले २६७ इलेक्टोरल कलेज भोट ल्याइसकेका छन् । उता डेमोक्रेटिककी पार्टीकी उम्मेदवार एवम् वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज भोट ल्याएकी छन्।

चुनावी नतिजामा ट्रम्पले फराकिलो अग्रता बनाइरहँदा अब उनी बहुमत अर्थात् २७० पुग्न केबल ३ भोटनजिक छन् । अमेरिकामा हाउस अफ रिप्रिजेन्टेटिभ र सिनेटसहित जम्मा ५३८ इलेक्टोरल भोट छन् ।

यस्तोमा ट्रम्पनिकट चर्चित सञ्चारमाध्यम फक्स न्यूजले उनी विजयी भइसकेको जनाएको छ । फक्स न्यूजका अनुसार ट्रम्पले बहुमतको आँकडा पार गरेका छन् ।

ताजा अवस्थामा उनले २७७ इलेक्टोरल कलेज भोट ल्याएका छन् । उता कमला ह्यारिसको पक्षमा २२६ इलेक्टोरल भोट देखिएको छ ।

अब त्यहाँ ३५ इलेक्टोरल भोटको गणना हुन बाँकी छ । पूरै ३५ भोट कमलाको पक्षमा जाँदा पनि उनले बहुमत ल्याउन सक्दिनन् । केबल २६१ मात्रै हुन आउँछ ।

यसैबीच रिपब्लिकन पार्टीले सिनेटमा पनि ५१ अर्थात बहुमत सिट ल्याएको छ । १०० सिटको सिनेटमा डेमक्रेटिक पार्टीले ४९ सिट जितेको छ ।

आफूले लोकप्रिय मत ल्याएको भन्दै मुख्यालयमा बोल्दै उनले यो अविश्वसनीय जित भएको भन्दै सम्बोधन गरेका छन् । उनले ब्याटलग्राउण्ड राज्यहरुलाई धन्यवाद दिएका पनि छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने