९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै रास्वपा

२२ कार्तिक २०८१, बिहीबार ११:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ।

केन्द्रीय निर्वाचन समन्वय समितिको बुधबार साँझ बसेको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र आज उम्मेदवारको नाम आह्वान गर्ने निर्णय गरेको थियो। त्यसैका लागि अहिले प्राविधिक तयारीका लागि समितिको बैठक बसिरहेको समितिका संयोजक एवं सांसद गणेश पराजुलीले जानकारी दिए।

इच्छुक पार्टी सदस्यहरुले आकांक्षा राखेपछि निर्वाचन परिचालन समितिबाट सकभर सर्वसम्मत उम्मेदवार सिफारिसको तयारी गरिने र सहमति हुन नसकेका स्थानमा प्राइमरी इलेक्सन पनि हुने पराजुलीले बताए। रास्वपाले प्रदेश निर्वाचन परिचालन समिति गठन गर्दा उपनिर्वाचन हुने जिल्ला, पालिका र वडा तहका सदस्य पनि समावेश गर्ने तयारी गरेको छ।

त्यस्तो संयन्त्रले पार्टीको सदस्यता नलिए पनि ख्याती प्राप्त र स्वतन्त्र व्यक्तिलाई उम्मेदवार उठाउन सिफारिस गर्न सक्ने संयोजक पराजुलीले बताए।

स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो। २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपा गठन नै भएको थिएन। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं