२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो पटक स्थानीय तहको निर्वाचनमा भाग लिँदै रास्वपा

२०८१, २२ कार्तिक बिहीबार ११:५५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उपनिर्वाचनका लागि आज उम्मेदवारको दरखास्त आह्वान गर्ने भएको छ।

केन्द्रीय निर्वाचन समन्वय समितिको बुधबार साँझ बसेको बैठकले सातै प्रदेशमा चुनाव परिचालन समिति गठन गर्ने र आज उम्मेदवारको नाम आह्वान गर्ने निर्णय गरेको थियो। त्यसैका लागि अहिले प्राविधिक तयारीका लागि समितिको बैठक बसिरहेको समितिका संयोजक एवं सांसद गणेश पराजुलीले जानकारी दिए।

इच्छुक पार्टी सदस्यहरुले आकांक्षा राखेपछि निर्वाचन परिचालन समितिबाट सकभर सर्वसम्मत उम्मेदवार सिफारिसको तयारी गरिने र सहमति हुन नसकेका स्थानमा प्राइमरी इलेक्सन पनि हुने पराजुलीले बताए। रास्वपाले प्रदेश निर्वाचन परिचालन समिति गठन गर्दा उपनिर्वाचन हुने जिल्ला, पालिका र वडा तहका सदस्य पनि समावेश गर्ने तयारी गरेको छ।

त्यस्तो संयन्त्रले पार्टीको सदस्यता नलिए पनि ख्याती प्राप्त र स्वतन्त्र व्यक्तिलाई उम्मेदवार उठाउन सिफारिस गर्न सक्ने संयोजक पराजुलीले बताए।

स्थानीय तह निर्वाचनमा रास्वपा पहिलोपटक भाग लिन लागेको हो। २०७९ सालमा स्थानीय तह चुनाव हुँदा रास्वपा गठन नै भएको थिएन। जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो। मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवारी दर्ताको समय तोकेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार