९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपनिर्वाचनका लागि रास्वपाले खटायो सातै प्रदेशमा नेता

२२ कार्तिक २०८१, बिहीबार १६:४७

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि नेताहरुलाई प्रदेशगत जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन परिचालन समितिको बैठकले सात नेतालाई प्रदेशगत जिम्मेवारी तोकेको हो ।

कोशीमा निशा डाँगी, मधेशमा डा. चन्दा कार्की, बागमतीमा शिशिर खनाल, गण्डकीमा विन्दवासिनी कंसाकार, लुम्बिनीमा कुसुम महर्जन, कर्णालीमा लिमा अधिकारी र सुदूरपश्चिम विष्णुकुमार श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।

निर्वाचन परिचालन समितिले उम्मेदवार छनोटको कार्यतालिका पनि बनाइएको छ । स्थानीय तहमा हुने उपनिर्वाचन हुने स्थानमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकले आजदेखि नाम दर्ता सुरु गरिएको केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले जानकारी गराए । उम्मेदवार हुन इच्छुकका लागि दर्ता अवधि दर्ता २५ कात्तिकसम्मका लागि तय गरिएको छ ।

२५ कात्तिकको साँझ ८ बजे प्रारम्भिक उम्मेदवारहरुको नामावली प्रकाशन गरिने रास्वपाले जानकारी गराएको छ । प्रारम्भिक उम्मेदवारी उपर दाबी विरोधको समय २६ कात्तिकका लागि तोकिएको छ । २७ कात्तिकमा उम्मेदवारसँग छलफल र अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ।

एकभन्दा बढी उम्मेदवार इच्छुक रहेका स्थानमा प्रारम्भिक निर्वाचन गर्न २८ कात्तिकको साँझ ७ बजेको समय तोकिएको छ । उम्मेदवारको नाम २९ कात्तिकमा प्रकाशित गरिने रास्वपाले जनाएको छ ।

१६ मंसिरमा ४४ पदका लागि स्थानीय तहमा उपनिर्वाचन हुँदैछ । निर्वाचन आयोगले २ मंसिरमा उम्मेदवारी दर्ताको कार्यतालिका बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं