पर्वत, । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमा धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थानहरुमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत, । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमा धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थानहरुमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समे"/>
2026-07-25 03:48 AM
पर्बत - PBT

कृषकलाई रोपाईको भ्याई नभ्याई, बजेट सक्न पर्वतका प्रशासकहरु शिबिर भन्दै हुवासतिर ?

पर्वत, । यतिवेला पर्वतका ग्रामीण बस्तीहरुमा धान रोपाईको चटारो शुरु भएको छ । कतिवय स्थानहरुमा कोदो त अधिकांस स्थानमा धान रोपाई र चैते धान थन्क्याउने समेत भ्याईनभ्याई छ । वर्षयाम शुरु भएलगत्तै किसानहरुलाई खेतीवालीको कामले भ्याईनभ्याई भएका बेला जिल्ला प्रशासन कार्यालय पर्वतले भने चौमासिक कार्यक्रम गर्ने पर्ने भयो भन्दै एक टोली बोकेर कास्की, स्यांंजा हुँदै एकीकृत घुम्तीको लागि पर्वतको हुवास तिर लागेको छ ।

केहि महिना देखि दक्षिण पर्वतको पैंयु गाउँपालिका हुवास रहेको ईलाका प्रशासन कार्याय बन्द छ त्यहाँ कर्मचारीको खोजी गरि ईलाका प्रशासनलाई दरिलो बनाउनुको साटो जिल्ला प्रशासन कार्यालय भने चौमासिक कार्यक्रम सम्पन्न गर्नुपर्ने तथा जिल्ला कृषी बिकास कार्यालये आयोजना गरेको धान दिवस कार्यक्रममा जानु पर्ने भएकोले एकै पटक कार्यक्रमको आयोजना गरि त्यता तिर लागेको हो ।

जिल्लाभरका कृषकहरु खेतमा भएको बेला आयोजना गरिएको यस्तो कार्यक्रमले कस्तो प्रभाकारीता देखाउनला ? भन्ने सुचनाकेन्द्र डटकमको प्रश्नमा प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफुहरु चौमासिक कार्यक्रम सम्पन्न गर्न पर्ने भएको तथा असार १५ को धान दिबश अर्थात रोपाई कार्यक्रममा पनि सहभागी हुँदै पर्ने भएकोले घुम्ती शिबिर आयोजना गरिएको बताए ।

उनले थपे यो समयमा धेरै जनताको सेवा गर्न त नसकिएला तर ब्यापक प्रचार प्रसार गरिएको र जनताको घर आगन मै पुग्न लागेको कारण सेवाग्राही आउनेमा बिस्वत रहेको बताए । सुचनाकेन्द्र डटकमले यो समय गलत होईन र भन्दै गरेको प्रश्नमा सिडियो पन्थीले भने समय गलत भएको भएता पनि यता तिर आउनै पर्ने भएकोले यो कार्यक्रमको आयोजना गरिएको बताए । सूचना केन्द्रले खबर लेखेकाे छ ।

शिविरमा नागरिकता प्रमाणपत्र वितरण तथा अन्य सिफारीस, सार्वजनिक सुनुवाई, प्रहरी मेरो साथी अभियानबारे जानकारी, धान दिवस, रोपाई महोत्सव तथा बिऊबिजयन वितरण, पशु स्वास्थ्य शिविर, स्वास्थ्य शिविर संचालन हुने भएको छ । त्यसैगरी बन संरक्षण सम्पन्धी कानूनी सचेतना लगायत स्थलगत अभ्यास, जेष्ठ नागरिक परिचय पत्र तथा अपाङ्गता भएकालाई परिचयपत्र वितरण, उद्योग तथा बाणिज्य दर्ता तथा नविकरण सम्वन्धी कार्यक्रम र आयुर्वेदीक पद्धतिवाट उपचार तथा स्वास्थ्य परिक्षण लगायका कार्यक्रम हुने भएका छन् । इलाका प्रशासनमा अधिकृत लेवलको कर्मचारी राख्नको साटो जिल्ला प्रशासन कार्यालय लगायतका कार्यलयका हाकिम साहवहरु नै घुम्ती शिबिर भन्दै कामको चटारो भएको बेला जानु राम्रो नभएको जानकारहरु बताउछन् ।

कृषीको पनि उस्तै चाल, गाडी भरी मानिस भरेर असार पन्द्र मनाउन  हुवास


यता जिल्ला कृषी बिकास कार्यालयले असार १५ को धान दिवसलाई भब्य बनाउनी भन्दै जिल्लाका कार्यालयका हाकिमहरु, जम्बो पत्रकारको टोली लगायतको टिम लिएर गाडी रिर्जव गरि उतै तिर लागेको छ ।

आम किसानहरु आफ्नो खेतमा रोपाई गर्न भ्याई नभ्याई भएको बेला कृषीले भने जिल्लाको जम्बो टोलि बोकेर असार पन्ध्र मनाउन भन्दै हुवास लागेको हो । बिगतका धान दिवसमा पनि बिवादित बन्दै आएको जिल्ला कृषी बिकास कार्यालय यसपालीको धान दिवसमा पनि जम्बो टोली बोकेर तिन हुवास पुग्दा बिवादित नै बनेको छ । कृषकलाई सहभागी गराएर उत्साह जगाउन पर्ने कृषी कार्यालय प्रचारमा मात्रै सिमित हुँदा कृषक भने पिडामा नै रहने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक