९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

प्रधानमन्त्रीको चीन भ्रमणका लागि दुई दलीय संयन्त्र बनेको होईन्: उपमहासचिव ज्ञवाली

२४ कार्तिक २०८१, शनिबार १७:३९

काठमाडौं । नेकपा एमालेले सिंगो पार्टी पंक्तिलाई मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा सिफारिस उम्मेद्वारको नाम अनुमोदन गरेको छ ।

शनिबार बसेको एमाले सचिवालय बैठकले एमालेको तर्फबाट सिफारिस भई आएको उम्मेदवारको नाम पनि अनुमोदन गरेको र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति परिचालन हुन आह्वान गर्ने पनि निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘उपनिर्वाचनमा नेकपा एमालेको तर्फबाट सिफारिस भई आएका,प्रदेश कमिटीले निर्णय गरी पठाएका उम्मेद्वारको नाम अनुमोदन गर्ने काम गरेको छ र सिङ्गो पार्टी पंक्तिलाई उपनिर्वाचनमा एमालेको विजयीका निम्ति सम्पूर्ण सामर्थ्यका साथ परिचालन हुन आह्वान पनि गरेको छ ।’

त्यस्तै, उनले एमाले र कांग्रेसले बनाइएको दुई दलीय राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमणका लागि नबनेको दाबी गरे ।

दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरण निर्माणका लागि वृहत उद्देश्यकासाथ संयन्त्र बनाइएको उनको भनाई छ ।

उनले भने, ‘पहिलो कुरा राजनीतिक संयन्त्र प्रधानमन्त्रीको चीन भ्रमण सफल पार्नका लागि बनाइएको होइन । दुई दलले सरकारको नीतिगत प्राथमिकता र संकल्प भनेर एउटा दस्तावेज तयार गरेका थियौँ, जसमा म पनि थिए । सरकारले त्यसलाई आत्मसाथ गरेको छ त्यसको कार्यान्वयनलाई सहजीकरण गर्ने र दुई दलबीच निरन्तर संवाद सहकार्य भइरहने वातावरणका निर्माणका लागि वृहत उद्देश्यकासाथ संयन्त्र बनेको हो ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो