२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राष्ट्रपति रामचन्द्र पौडेल संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान

२०८१, २५ कार्तिक आईतवार १७:४६

काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलन (कोप–२९) मा भाग लिन आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अजरबैजान प्रस्थान गरेका छन्।

राष्ट्रपतिलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्तिहरूले विमानस्थलमा बिदाइ गरे। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुन गएका हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम छ।

नेपालले सम्मेलनका क्रममा पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधनबारे विशेष सत्र सञ्चालन गर्नेछ। मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, र काठमाडौं उपत्यकामा जलवायुजन्य असामान्य घटनाहरूले पुर्याएको क्षतिको विषयमा जानकारी गराउने तयारी गरिएको छ।

जलवायु परिवर्तनसम्बन्धी महासन्धिको पक्ष राष्ट्रका रूपमा नेपालले सन् २०५० सम्मका लागि राष्ट्रिय अनुकूलन कार्यक्रम कार्यान्वयन गरिरहेको छ। सम्मेलन कात्तिक २६ देखि मङ्सिर ७ सम्म चल्नेछ भने राष्ट्रपति पौडेल यही कात्तिक ३० गते स्वदेश फर्कने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार