झापा | झापाको हल्दिबारी–१, गोलधापस्थित ‘द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर’को शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।
सीसीटीभी फुटेजका आधारमा बिर्तामोड–१० की ती महिलाको पहिचान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। शनिवार दिउँसो २ः३० बजेतिर क्लिनिकको शौचालयमा मृत शिशु फेला परेको थियो।
प्रहरीका अनुसार, ती महिला पेट दुखेर अस्पतालमा आएको देखिन्छ र उनले शौचालयभित्र शिशु जन्माएर फरार भएकी थिइन्। उनका श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको पाइएको छ, जसले यस घटनालाई थप संवेदनशील बनाएको छ। मृत शिशुको पोस्टमार्टम रिपोर्ट आइसकेपछि ती महिलामाथि कानुनी कारबाही गरिने जनाइएको छ।
प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दका अनुसार, यो घटनाले वैदेशिक रोजगारीका कारण समाजमा बढिरहेको विकृतिलाई उजागर गरेको छ। महिलाको नाम हालसम्म गोप्य राखिएको छ।