Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रविलाई भेटेपछि रास्वपाको आरोप: पार्टी सभापति रवि लामिछानेमाथि राज्यको राजनीतिक प्रतिशोध

२०८१, २६ कार्तिक सोमबार १७:११

कास्की | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई राज्य पक्षले अनावश्यक रूपमा हिरासतमा राखेर राजनीतिक प्रतिशोध साँधेको आरोप लगाउँदै पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने घोषणा गरेको छ। सोमबार कास्की प्रहरी हिरासतमा लामिछानेसँग भेट गरेपछि उपसभापति स्वर्णिम वाग्लेले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए।

उपसभापति डीपी अर्यालले लामिछानेलाई रुपन्देही लैजाने तयारी रहेको जानकारी पाएको बताउँदै, दोस्रो चरणको आन्दोलनको मोडालिटीबारे पार्टीले पर्सी जानकारी दिने बताए। प्रवक्ता मनिष झाले लामिछानेलाई पटक–पटक हिरासतमा राख्न म्याद थप गराइएकोमा असन्तुष्टि व्यक्त गर्दै यो कदमलाई राज्यको दम्भ र प्रतिशोधको अभिव्यक्ति भने।

“हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिँदैन, तर म्याद १३ दिन थप गरिएको छ। स्वास्थ्य अवस्था बुझ्दै आन्तरिक छलफल गरेका छौं, र यो विषयमा केन्द्रीय समितिमा छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्नेछौं,” झाले बताए। साथै, उनले सरकारको अधिनायकवादी प्रवृत्तिप्रति पनि आलोचना गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश