२९ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री ओली

२७ कार्तिक २०८१, मंगलवार ०९:१३

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् ।

विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिए ।

अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपिपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानन्त्री ओलीले अहिले एसपिपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए ।

सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जोखिमपूर्ण श्रमबाट एकजना र असुरक्षित बाल गृहबाट ११ बालबालिकाको उद्धार सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला विश्वकपमा पुगेका यू–१९ महिला क्रिकेट टोलीलाई जनही २ लाख ५० हजार पुरस्कार दिने नेपाली यू–१९ महिला क्रिकेट टिम आज स्वदेश फर्कदैँ डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्न आइटी क्षेत्रमा बजेट छैन : सञ्चारमन्त्री राष्ट्रपति पौडेल बाकुबाट स्वदेश प्रस्थान मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल राष्ट्रपति पौडेल र अजरबैजानका राष्ट्रपति अलियेफबीच बाकुमा भेटवार्ता सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी दुर्घटना गरेका झाँक्री प्रकाश भुजेलको लाइसेन्स खोज्दै प्रहरी प्रथम ‘झापा १–काठमाडौं कप’ फुटसल प्रतियोगिता शनिबार हुँदै जाडो छल्न आए आगन्तुक चरा चितवनमा नारायणगढ–बुटवल सडकको निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्री ओलीको चासो रास्वपाका नेताहरुविरुद्ध अदालतको अवहेलनासम्बन्धि मुद्दा दर्ता अर्थतन्त्रलाई लयमा ल्याउन प्राइभेट सेक्टरको भूमिका महत्वपूर्ण : मन्त्री सिंह भक्तपुरको राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आज पनि प्रदर्शन जारी रूपन्देहीमा रवि लामिछानेको तेस्रो दिनको लिखित बयान सुरू १४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार ‘मैले देखेका धामी झाँक्री र बोक्सीका घटनाहरूबाट क्यारेक्टर निकालेको हुँ’ कर्मचारी महासंघद्वारा बाढीपहिरो पीडितका लागि पौने आठ लाख सहयोग