असार १५ पर्वत । पर्वत पर्वतको करीब ९२ दशमलव २ प्रतिशत जनतामा शुद्ध खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’ कार्यक्रमको कार्यान्वयन भएसँगै जिल्लामा खानेपानीको पहुँच बढेको हो ।


&n"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १५ पर्वत । पर्वत पर्वतको करीब ९२ दशमलव २ प्रतिशत जनतामा शुद्ध खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’ कार्यक्रमको कार्यान्वयन भएसँगै जिल्लामा खानेपानीको पहुँच बढेको हो ।


&n"/>

३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

९२.२५ जनतामा खानेपानीको पहुँच पुग्दै

१५ असार २०७४, बिहीबार ०३:३४

असार १५ पर्वत । पर्वत पर्वतको करीब ९२ दशमलव २ प्रतिशत जनतामा शुद्ध खानेपानीको सुविधा पुगेको छ । ‘एक घर, एक धारा’ कार्यक्रमको कार्यान्वयन भएसँगै जिल्लामा खानेपानीको पहुँच बढेको हो ।


 चालू आर्थिक वर्षमा मात्र थप ७ दशमलव ८० प्रतिशत जनतामा पिउने पानीको पहुँच र्पुयाउन १४ ओटा आयोजना निर्माण प्रक्रिया अघि बढाइएको छ । चालू आवमा जिल्लाका ६ ओटा खानेपानी आयोजनालाई कुल १२ करोड ८१ लाख बजेट विनियोजन भएको थियो ।


यी आयोजनामा अघिल्ला वर्षका क्रमागत आयोजना ४५ ओटा, नयाँ १४ ओटा, बृहत् खानेपानी आयोजना दुईओटा, सहलगानी खानेपानी आयोजना एउटा र वर्षात्को खानेपानी आयोजना (घैंटो निर्माण) तीनओटा समावेश भएका छन् । 

नयाँ १४ ओटा आयोजनाको विस्तृत सर्वेक्षण कार्य सम्पन्न भइसकेको र सम्झौताको क्रममा रहेको छ । क्रमागत ४५ ओटा आयोजनाका लागि भने चालू आवमा ९ करोड २१ लाख २३ हजार बजेट विनियोजन भएको छ । क्रमागत बजेटअन्तर्गत नै फलेवास र हुवासमा निर्माणाधीन बृहत् खानेपानी आयोजनाका लागि यस वर्ष क्रमशः ९० लाख र ५० लाख विनियोजन भएको कार्यालयले बताएको छ । बृहत् खानेपानी आयोजनाको कुल लागत भने ११ करोड छ । जिल्लाको जलजला गाउँपालिकाअन्तर्गत माझफाँटको वारीबेनीमा निर्माण हुने सहलगानी खानेपानी आयोजनाको कुल बजेट १३ करोड छ । खानेपानी आयोजना पूरा भएपछि तत्काल ८ सय धारा जडान हुनेछन् । उरामपोखरा, शङ्करपोखरी र होस्राङ्दीमा निर्माणाधीन वर्षात्को खानेपानी सङ्कलन आयोजनाका लागि भने क्रमशः १२ लाख, ८ लाख र १० लाख रकम विनियोजन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट