९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आत्म समीक्षा सहित जनताको घर–घरमा पुग्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

२८ कार्तिक २०८१, बुधबार १२:१८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आत्मसमीक्षासहित जनताको घर घरमा गएर प्रत्येक व्यक्तिलाई भेट्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

बुधबार कीर्तिपुर १ र ४ को वडा अध्यक्ष पदका लागि उम्मेद्वार घोषणा कार्यक्रममा बोल्दै उनले विगतका निर्वाचनमा सभामा गएर सम्बोधन मात्र गर्ने र जनताको आवश्यकतालाई ध्यान दिन नसक्ने जस्ता त्रुटी गरेको भन्दै जनताको मुक्तिका लागि नयाँ आन्दोलन सुरु गर्ने प्रतिवद्धतासहित जनतालाई भेट्न निर्देशन दिएका हुन् ।

‘हामीले सायद विगतका निर्वाचनमा कतिपय त्रुटी पनि गर्ने गरेका छौं । सबैलाई म आजैदखि ठूलो सभालाई सम्बोधन गरेर भन्दा जनतासँग भेटेर उहाँहरुको कुरा सुन्ने र आफ्ना प्रतिवद्धता बताउने काममा समय खर्च गर्नुहोला । यस्ता कार्यक्रम धेरै गरेर धेरै भोट आउने होइन,’उनले भने,‘त्यसैले विशेष रुपमा निर्देशन गर्न चाहन्छु । घर–घरमा जानुहोस् । आत्मसमीक्षासहित जानुहोस् । जनताको आवश्यकतालाई ध्यान दिन सकेनौँ, हामी बदलिन चाहन्छौँ । नयाँ अभियान सुरु गर्न चाहन्छौँ, जनताको मुक्तिका लागि नयाँ आन्दोलन गर्छौँ हामीलाई अवसर दिनुस् भनेर आत्मसमीक्षासहित, प्रत्येक व्यक्तिलाई भेट्नुस् । त्यसरी मात्रै निर्वाचन प्रक्रियालाई सकारात्मक बनाउन सकिन्छ ।’

उनले आफ्नो सरकारले जनताको पक्षमा, भ्रष्टाचारको विरुद्धमा,सुशासनका पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकरात्मक प्रयास गरेको दाबी गर्दै त्यो कुरा जनताले पनि राम्रोसँग मुल्याङ्कन गरेको बताए ।

उनले भने,‘पहिलाको सरकारले जनताको पक्षमा भ्रष्टाचारको विरुद्धमा,सुशासनको पक्षमा र सामाजिक आर्थिक विकासको पक्षमा सकारात्मक प्रयास गरेकै हो भन्ने कुरा जनताले बुझेको छ । र नयाँ सरकार फेरि किन बन्यो भन्ने कुरा पनि सरकारले बुझेको छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो