२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सहकारीको विकल्प छैन, विग्रिएकालाई सुधार गरौं’:- सचिव पोखरेल

२०८१, २८ कार्तिक बुधबार १६:१६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सहकारी क्षेत्रमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्या सम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा सहकारीको विकल्प नभएको भन्दै त्यसको लागि सबै मिलेर विग्रिएका संस्थालाई सुधार गर्नुपर्ने बताए ।

उनले भने, ‘यो विषयहरु हामी बाडिएर होईन्, एकजुट भएर गर्ने हो । समस्या आएपछि भाग्न हुँदैन । सबै संस्थामा नभइ केही संस्थामा मात्र समस्या हो भनेर जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । त्यसपछि मात्र संस्थाहरु राम्रो तरिकाले चल्न सक्छ । अहिलेको अवस्थामा हामीसँग सहकारीको विकल्प छैन् । विकल्प भनेको विग्रिएकालाई सुधार गर्ने हो ।’

यसको साथै, उनले सहकारी ऐेनको कार्यान्वयनको विषयलाई निष्कर्षमा पु¥याउने र जुन पाटोबाट भएपनि संस्थाहरुलाई सक्रिय बनाउने दाबी पनि गरेका छन् ।

उनले भने, ‘कानून परिमार्जन, संस्थागत प्रवन्ध र कानून कार्यान्वयनलाई पनि सरकारले सँगै अगाडि लगेको छ । छिटो भन्दा छिटो यसलाई निष्कर्षमा पु¥याउँछौ र जुन पाटोबाट भएपनि यी संस्थाहरुलाई सक्रिय बनाउँछौ । मैंले मन्त्रालयको सचिवको हैसियतले समितिमा यति कुरा भन्नैपर्छ । जसरी भएपनि छलफलमा गएर टुङ्गोमा पुग्छौ ।

त्यसको लागि भइरहेका संस्थालाई थप कानून परिमार्जन गरेर उनीहरुलाई नै कार्य जिम्मेवारी दिन पनि सक्छौ ।’

यस्तै, सहकारी कर्जा असुली न्यायाधिकरण नयाँ बनाउने कि अहिले भइरहेको कर्जा असुली न्यायाधिकरणलाई सुधार गरेर जाने भन्ने कुरामा पनि निष्कर्षमा पुग्ने र कार्यान्वयनमा पु¥याउने पनि उनको भनाई छ ।

उनले भने, ‘सहकारी कर्जा असुली न्यायाधिकरणको कुरा मन्त्रालयले एक चरणमा मन्त्रिपरिषद्मा पु¥याइसकेको थियो । तर केही कारणले फर्किएर आयो । यसमा अब माथिल्लो तहको निर्णयबाट त्यसलाई परिमार्जन गरेर लान्छौ । नयाँ कर्जा असुली न्यायाधिकरण सहकारीको सम्बन्धमा गठन गर्ने वा अहिले भइरहेको कर्जा असुली न्यायाधिकरणलाई सुधार गरेर जाने भन्ने कुरामा पनि हामी निष्कर्षमा पुग्छौ र यसलाई पनि कार्यान्वयन गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार