२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘सहकारीको विकल्प छैन, विग्रिएकालाई सुधार गरौं’:- सचिव पोखरेल

२८ कार्तिक २०८१, बुधबार १६:१६

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले सहकारी क्षेत्रमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको सहकारी ऐेनको कार्यान्वयनमा रहेका समस्या सम्बन्धी छलफलमा उनले अहिलेको अवस्थामा सहकारीको विकल्प नभएको भन्दै त्यसको लागि सबै मिलेर विग्रिएका संस्थालाई सुधार गर्नुपर्ने बताए ।

उनले भने, ‘यो विषयहरु हामी बाडिएर होईन्, एकजुट भएर गर्ने हो । समस्या आएपछि भाग्न हुँदैन । सबै संस्थामा नभइ केही संस्थामा मात्र समस्या हो भनेर जनतालाई विश्वास दिलाउन सक्नुपर्छ । त्यसपछि मात्र संस्थाहरु राम्रो तरिकाले चल्न सक्छ । अहिलेको अवस्थामा हामीसँग सहकारीको विकल्प छैन् । विकल्प भनेको विग्रिएकालाई सुधार गर्ने हो ।’

यसको साथै, उनले सहकारी ऐेनको कार्यान्वयनको विषयलाई निष्कर्षमा पु¥याउने र जुन पाटोबाट भएपनि संस्थाहरुलाई सक्रिय बनाउने दाबी पनि गरेका छन् ।

उनले भने, ‘कानून परिमार्जन, संस्थागत प्रवन्ध र कानून कार्यान्वयनलाई पनि सरकारले सँगै अगाडि लगेको छ । छिटो भन्दा छिटो यसलाई निष्कर्षमा पु¥याउँछौ र जुन पाटोबाट भएपनि यी संस्थाहरुलाई सक्रिय बनाउँछौ । मैंले मन्त्रालयको सचिवको हैसियतले समितिमा यति कुरा भन्नैपर्छ । जसरी भएपनि छलफलमा गएर टुङ्गोमा पुग्छौ ।

त्यसको लागि भइरहेका संस्थालाई थप कानून परिमार्जन गरेर उनीहरुलाई नै कार्य जिम्मेवारी दिन पनि सक्छौ ।’

यस्तै, सहकारी कर्जा असुली न्यायाधिकरण नयाँ बनाउने कि अहिले भइरहेको कर्जा असुली न्यायाधिकरणलाई सुधार गरेर जाने भन्ने कुरामा पनि निष्कर्षमा पुग्ने र कार्यान्वयनमा पु¥याउने पनि उनको भनाई छ ।

उनले भने, ‘सहकारी कर्जा असुली न्यायाधिकरणको कुरा मन्त्रालयले एक चरणमा मन्त्रिपरिषद्मा पु¥याइसकेको थियो । तर केही कारणले फर्किएर आयो । यसमा अब माथिल्लो तहको निर्णयबाट त्यसलाई परिमार्जन गरेर लान्छौ । नयाँ कर्जा असुली न्यायाधिकरण सहकारीको सम्बन्धमा गठन गर्ने वा अहिले भइरहेको कर्जा असुली न्यायाधिकरणलाई सुधार गरेर जाने भन्ने कुरामा पनि हामी निष्कर्षमा पुग्छौ र यसलाई पनि कार्यान्वयन गर्छौ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य