२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस

२८ कार्तिक २०८१, बुधबार १७:१०

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएको प्रति नेपाल ट्रेड युनियन काँग्रेसले आपत्ति जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल हाल केही महिनाका लागि मर्मत सम्भारका नाममा आफ्नो नियमित अन्तर्राष्ट्रिय उडान सेवा १० घण्टा घटे लगत्तै त्यसको असर स्वरुप अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोप्रति ट्रेड युनियन काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

ट्रेड युनियन काँग्रेसका महासचिव अजयकुमार राईले एक विज्ञप्ति जारी गर्दै यसबाट वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले हवाई टिकट मूल्य वृद्धिका कारण ठुलो आर्थिक मार खेप्नु परेको जनाएको हो ।

दैनिक एक हजार पाँच सयदेखि दुई हजारसम्म नेपाली युवाहरु आफ्नो भविष्यको खोजीमा अधिकांश खाडिमुलुक तथा पूर्वी एसियाका देशहरुमा रोजगारीमा जाने युवाहरुले चर्को मूल्य भुक्तानी गरी बाध्यतापूर्वक यात्रा गर्नु परिरहेकोप्रति ध्यानाकर्षण भएको महासचिव राईले जनाएका छन् ।

‘एकातिर चर्को मूल्य भुक्तानी गर्नुपर्ने र अर्कोतर्फ सस्तोको खोजीमा छिमेकी मुलुक भारत, बंङ्गलादेशबाट हवाई टिकटको व्यवस्थापन गर्दा आफूहरु ठगिएको समेत गुनासो उनीहरुको छ । छिमेकी मुलकबाट यात्रा गर्दा हवाई भाडा नेपालको तुलनामा आधाजसो कम रहेको समेत पाइएको छ । जसबाट राज्यको ठूलो धनराशी बाहिरिएको छ,’विज्ञप्तिमा भनिएको छ ।

‘यस विषयमा ट्राभल कम्पनीहरुलाई नियमन गर्ने अधिकार नेपाल नागरिक उड्यन प्राधिकरण र सरोकारवाला मन्त्रालयको हो । सरोकारवाला उडान गर्ने सम्बन्धित वायुसेवा कम्पनीहरुलाई यस विषयमा सम्बन्धित निकायबाट सचेत गराईएको भएतापनि नतिजा शून्य रहेको छ, र त्यसको प्रत्यक्ष मार श्रमिकहरुले भोगीरहनु परेको विषयप्रति महासंघले गम्भीर चासो व्यक्त गरेको महासचिव
राईले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

साथै महासंघले हवाई भाडा वृद्धिका कारण नेपाल आउने पर्यटक आगमन घटेको र सो क्षेत्रमा काम गर्ने श्रमिकहरुको रोजगारीमा समेत प्रत्यक्ष प्रभाव परेकोले अन्तर्राष्ट्रिय हवाई टिकट वृद्धि गर्न नहुने जनाएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेसले यस विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलगायत सरोकारवाला सबै पक्षहरुलाई समस्याको समाधान निकाल्न समेत जोडदार माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य