Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीहरुले गरेको हो : अध्यक्ष नेपाल

२०८१, २९ कार्तिक बिहीबार १६:३६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गरेका छन् ।

बिहीबार नेपाल नेवा राष्ट्रिय सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताएका हुन् ।

उनले भने, ‘हामीले नगरेको होइन, गरेका छौं । काम नगरेकाहरुसँग हामीलाई एउटै लाइनमा राख्न मिल्दैन । हामीले गर्वका साथ भन्न सक्नुपर्छ । यो मुलुकमा कसैले काम गरेको छ भने त्यो हामीले गरेका छौं । परिवर्तन कसैले गरेको छ भने त्यो हामीले गरेका हौं । गणतन्त्र कसैले ल्याएको छ भने त्यो हामीले ल्याएका छौं । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यहीँ पार्टीभित्र थिए । गित गाएर मात्र हिँडेका होइनन् विरोध गरेर हिँडेका थिए । उत्साह बढाउने होइन उल्साह घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौं, वास्ता गरेनौं र राजतन्त्रको बारेमा अरु पार्टीले पनि मतलब गरेनन् ।’

साथै उनले देशको मूल समस्या सरकारको अस्थिरता नभएको बताए । उनले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गरे ।

उनले भने, ‘हाम्रो देशको समस्याको मूल कारण के हो, त्यहाँबाट जानुपर्छ । मुल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदाखेरी (नौ महिना) उदाहरण पेश गरेका छौँ । गफ होइन, काम गरेर देखाएका छौँ, नौ महिनाभित्र सारा देशमा तरंग पैदा गरिदियौँ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश