२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सरकार निरंकुशतातिर जाने खतरा छ : डा.शेखर कोइराला

२०८१, २९ कार्तिक बिहीबार १८:०५

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनताले आफूलाई अलोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशतातिर जाने बताएका छन् ।

बिहीबार मिडिया लयर्स एसोसिएसनले आयोजना गरेको ‘अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८१’ माथिको छलफलमा सहभागि हुँदै नेता कोइरालाले नेपालका अधिकांश कानूनहरु पुनः लेखन गर्नुपर्ने पनि बताए ।

नेपालमा प्रत्येक छ–छ महिनामा सरकार परिवर्तन हुने भएका कारण सत्ता पक्ष र प्रतिपक्षको कुनै तुक नरहेको बताए ।

उनले भने, ‘वास्तवमा हामीले छलफल गर्न लागेको एकदमै महत्वपूर्ण विधेयक हो भन्ने मलाई लागिरहेको छ । यस विधेयकले आफूलाई हामी लोकतन्त्रवादी हौं भन्ने प्रमाणित गर्न सकिन्छ भनेर मार्ग प्रदर्शक गरेजस्तो छ । यदी जनताले आफूलाई लोकतन्त्रवादी हौं भनेर प्रमाणित गर्न नसकेको अवस्थामा सरकार निरंकुशता तिरै जान्छ, त्यसमा शंका गर्नु पर्दैन । नेपालमा सत्तापक्ष र प्रतिपक्ष भनेर काम छैन जस्तो लाग्छ । किनभने प्रत्येक ६–६ महिनामा सरकार फेरिरहेको छ । विधेयकको कुरा गर्ने हो भने त पुनःलेखन नै गर्नुपर्छ जस्तो लाग्छ । कानूनको उपयोग गर्नेहरुसँग अध्ययन नगरी छिटो छिटो कानून निर्माण गर्ने तर त्यसो कार्यान्वयन नगर्ने समस्या छ ।’

कानून निर्माणका क्रममा लामो समयको छलफल र अध्ययनबाट निर्माण गर्न सकिएको अवस्थामा कार्यान्वयनको पाटो बलियो हुनेमा उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार