२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँग्रेस निर्वाचनमा संस्थापनले गरे बहिष्कार

२०७२, १६ माघ शनिबार १०:०५

सम्राट सिंह/ माघ १६, बझाङ ।  नेपाली काँग्रेसको शुक्रबार सम्पन्न वडास्तरीय अधिवेसन संस्थापन पक्षले बहिष्कार गरेको छ । जयपृथ्वी नगरपालिका ४ चैनपुरको अधिवेसनमा प्रजातान्त्रिक पक्षले समय सकिएपछि मनोनयन दर्ता गरेको भन्दै संसथापन पक्षले निर्वाचन बहिष्कार गरेको हो ।

संस्थापन पक्षले निर्वाचन बहिष्कार गरेपनि प्रजातान्त्रिक पक्षले भने निर्वाचनलाई रोक्न नमिल्ने भन्दै निर्वाचनलाई निरनतरता दिएको थियो । अधिवेसनमा निर्वाचन दर्ता गर्ने अन्तिम समय शक्रबार ४ बजे तोकेको थियो ।

संस्थापनका उम्मेदवारले तोकेको समयमा नै मनोनयन दर्ता गरेको र प्रजातान्त्रिक पक्षले तोकेको समयभन्दा आधा घण्टापछि मनोनयन दर्ता गरेका बिवाद भएको संथापन पक्षका वडास्तरीय सभापतीमा उम्मेदवार लोकेन्द्र बिष्टले बताए । उनले भने हामीले बहिष्कार गरेपछि ८५ मतमा १५ मत निर्वाचन अधिकृत को हस्ताक्षर समेत नभएका फर्जी मत खसेका रहेछन ।

संस्थापन पक्षले निर्वाचनमा भाग नलिएपछि प्रजातान्त्रिक पक्षका सबै उम्मेदवार र्निविरोध विजय भएका छन । जसमा प्रजातान्त्रिक पक्षका ज्ञान बहादुर सिंह सभापती,पुरुष क्षेत्रीय प्रतिनिधि कुवेर बहादुर सिंह,बिष्णु भक्त जोशी र दल बहादुर बिष्ट एवं महिला क्षेत्रीयमा प्रतिनिधि हरिप्रिया जोशी,उमा केसी रहेका छन ।

संस्थापन पक्षले बहिष्कार गरेपछि १४७ सक्रिय सदस्य रहेको जयपृथ्वी नगरपालिका ४ को निर्वाचनमा ८५ मत खसेका थिए । जयपृथ्वी नगरपालिका को वडा नम्बर १० लुयाटामा क्षेत्रीय प्रतिनिधिका प्रत्यासी निवर्तमान जिल्ला सभापती चेतराज बजाल,मोतीलाल उपाध्याय,मोहन राज उपाध्याय, गणेश राज जोशी, गौरीलाल जोशी,जोग बहादुर बिक र हिमाल पुरी गरी ६ जना भएकाले स्थगित भएको क्रियासिल सदस्य केश बहादुर खातीले बताए ।

बझाङ जिल्लामा नगर अधिवेसन माघ १७ गते र जिल्ला अधिवेसन माघ २५ गते हुने भएको छ । अधिवेसनमा विभिन्न पदका लागि संस्थापन पक्ष र प्रजातान्त्रिक पक्ष कार्यकर्ता आ–आफ्नो पक्षका बहुमत जुटाउन प्रचार प्रसारमा लागि परेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ