काठमाडौँ | सहकारी ठगी प्रकरणमा पोखराबाट बयानको लागि रुपन्देही ल्याईएका रवि लामिछानेलाई बयान सकिएसँगै पूनः पोखरा लगिन लागिएको छ । प्रहरीले अहिले लामिछानेलाई भैरहवा विमानस्थल पुर्याएको छ ।
उनलाई हिजो रुपन्देहीको सरकारी वकिलको कार्यालयमा बयान लिईएको थियो । बयान राति अबेरसम्म भएकोले हिजो पोखरा फर्काउन नसकिएको प्रहरीको भनाई छ ।
आज भने उनलाई यति एयरलाईन्समार्फत कास्की लग्न लागिएको हो । उनलाई बयानको लागि प्रहरीले पोखराबाट रुपन्देहीपनि विमानमार्फत नै ल्याएको थियो ।