२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न

२०८१, ३० कार्तिक शुक्रबार १७:१९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीबाट मन्त्री बनेका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)कै निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै प्रश्न उठाएका छन् ।

शुक्रबार भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा भएको छलफलमा सहभागि हुँदै महामन्त्री शर्माले कांग्रेसको कांग्रेस जिल्ला सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको उल्लेख गर्दै यसतर्फ राज्य व्यवस्था समितिको समेत ध्यान जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ । यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ । उहाँ आवद्ध एउटा संस्था कालोसूचीमा भन्ने विवरण आएको छ । उहाँको ध्यानाकर्षण गम्भिर रुपमा गराउन जरुरी छ ।’

त्यस्तै, उनले अर्को एकजना मन्त्रीले उपनिर्वाचन हुन लागेका ठाउँका उपप्रमुखहरु चलाएको भन्दै आपत्ति जनाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त तथा प्रमुख अयुक्तको नियुक्तिका सन्दर्भमा समेत आवश्यक छलफल आवश्यक रहेको शर्माको भनाई छ ।

उनले भने, ‘हामी संविधान संशोधनको ढोकामा पनि उभिएका छौं । संविधानले नै टुंगो लगाएको विषय जुन यस विधेयकमा छैन ।

अख्तियारको आयुक्त र प्रमुख आयुक्तको नियुक्तिसँग सम्बन्धित व्यवस्था छ । अहिले संविधानमा जे व्यवस्था गरिएको छ । यो व्यवस्थाको अभ्यास हामीले विगतमा जति गर्यौ । जे अनुभव हामीले हासिल गर्यौ । अब त्यसलाई परिमार्जन गर्ने सन्दर्भमा राज्य व्यवस्था समितिको यो प्लेटफर्म मार्फत हामीले अलिकति बहस सुरु गर्न जरुरी छ । संविधान संशोधन हुने बेलामा हामी सबैको ध्यान केन्द्रित होस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह