९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आफ्नै पार्टीका मन्त्री तामाङ विरुद्द महामन्त्री शर्माले उठाए प्रश्न

३० कार्तिक २०८१, शुक्रबार १७:१९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नै पार्टीबाट मन्त्री बनेका राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)कै निर्माण कम्पनी कालोसूचीमा परेको भन्दै प्रश्न उठाएका छन् ।

शुक्रबार भ्रष्टाचार निवारण ऐन संशोधन सम्बन्धी राज्य व्यवस्था समितिमा भएको छलफलमा सहभागि हुँदै महामन्त्री शर्माले कांग्रेसको कांग्रेस जिल्ला सभापति समेत रहेका राज्यमन्त्री तामाङको कम्पनी कालोसूचीमा गएको उल्लेख गर्दै यसतर्फ राज्य व्यवस्था समितिको समेत ध्यान जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘उहाँको कम्पनी कालोसूचीमा परेको कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ । यसमा राज्यव्यवस्था समितिको पनि ध्यान जानुपर्छ । उहाँ आवद्ध एउटा संस्था कालोसूचीमा भन्ने विवरण आएको छ । उहाँको ध्यानाकर्षण गम्भिर रुपमा गराउन जरुरी छ ।’

त्यस्तै, उनले अर्को एकजना मन्त्रीले उपनिर्वाचन हुन लागेका ठाउँका उपप्रमुखहरु चलाएको भन्दै आपत्ति जनाए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त तथा प्रमुख अयुक्तको नियुक्तिका सन्दर्भमा समेत आवश्यक छलफल आवश्यक रहेको शर्माको भनाई छ ।

उनले भने, ‘हामी संविधान संशोधनको ढोकामा पनि उभिएका छौं । संविधानले नै टुंगो लगाएको विषय जुन यस विधेयकमा छैन ।

अख्तियारको आयुक्त र प्रमुख आयुक्तको नियुक्तिसँग सम्बन्धित व्यवस्था छ । अहिले संविधानमा जे व्यवस्था गरिएको छ । यो व्यवस्थाको अभ्यास हामीले विगतमा जति गर्यौ । जे अनुभव हामीले हासिल गर्यौ । अब त्यसलाई परिमार्जन गर्ने सन्दर्भमा राज्य व्यवस्था समितिको यो प्लेटफर्म मार्फत हामीले अलिकति बहस सुरु गर्न जरुरी छ । संविधान संशोधन हुने बेलामा हामी सबैको ध्यान केन्द्रित होस् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो