२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादप्रति आक्रोश छ : प्रचण्ड

२०८१, ३० कार्तिक शुक्रबार १७:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालका राजनीतिक दलहरुले आत्मसाथ गरेको समाजवादले जनतामा चरम असन्तुष्टि, आक्रोश र अन्यौलको स्थिति सिर्जना गरेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘सामूदायिक समाजवाद’ विमोचन र विमर्श कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले राजनीतिक दलहरु समाजवादको नारा लगाएको भएपनि जनताले त्यसको अनुभूति गर्न नपाएको बताएका हुन् ।

उनले भने, ‘हामीले समाजवाद त भन्यौं तर जनताले हामीले भनेको समाजवादको कँही कतै पनि अनुभूति गर्न पाएन । हाम्रो समाजवाद जनताको लागि आक्रोस, असन्तुष्टि र अन्यौलको अवस्था बनेको छ । त्यसकारण हामीले अब हाम्रो भावी दिसा निर्धारण गरौं । हामीले नेपाली समाजको अबको दिसा के हुने ?’

नेपाली जनताको भाग्य र भविष्य कोर्नेगरि बहस र विमर्श आजको आवश्यकता भएको उनको भनाइ छ । उनले समाजवाद थुपारेर नभई हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा निर्माण गर्नुपर्ने बताए ।

‘नेपाली जनताको भाग्य र भविष्यलाई कसरी कोर्ने बारेमा गहन बहस र विमर्श गर्न आवश्यक छ । पुस्तकका बारेमा के भन्छु भने समाजवाद थोपारेर आउने कुरा होइन । समाजवाद कितावबाट आउने कुरा होइन । समाजवाद अरु कुनै देशको नक्कल गरेर आउने कुरा पनि होइन । र समाजवाद कुनै पार्टीले आफ्नो दस्तावेजमा लेखेर आउने कुरा पनि होइन ।

समाजवाद थोपारिने होइन जगबाटै उमारेर ल्याउन आवश्यक छ । समाजवाद निर्माण गर्ने कुरा हो । हाम्रो उत्पादन पद्धतिद्धारा, हाम्रो इतिहास, हाम्रो भूगोल, हाम्रो संस्कृतिका आधारमा समाजवाद निर्माण गर्नुपर्दछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह