९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’

१ मंसिर २०८१, शनिबार १२:०७

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राज्यलाई कर तिर्नु नागरिकको लागि गौरवको विषय भएको बताएका छन् ।

शनिबार राष्ट्रिय कर दिवस २०८१ को उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले जनताबाट संकलन गरिने करको सही सदुपयोगबाट मात्रै राष्ट्रको समृद्धिको आधार तय हुने बताएका हुन् ।

उनले भने, ‘राज्यलाई कर तिर्नु नागरिकका लागि गौरवको साथै कर्तव्यको पनि विषय हो । जनताबाट संकलन गरिने कर त्यसको सही सदुपयोग गरेमात्रै राष्ट्रको समृद्धिको आधार तय हुनसक्छ ।’

साथै उनले कर संकलनमा केन्द्रित हुन कर प्रशासन र कर प्रशासनसँग सम्बन्धित सबै निकायहरुलाई आग्रह गरे । उनले कर प्रणालीलाई आधुनिकीकरण गर्न, करदाताको कर सहायता लागत घटाउन, प्रबिधिमैत्री जनशक्ति विकास गर्न र कार्य प्रकृया सरलीकरण गर्नका लागि पहलकदमी समेत गर्न आग्रह गरे ।

यसैगरी उनले अर्थतन्त्रको आकार बढ्दै गएपनि सोही अनुपातमा राजश्व संकलन बढ्न नसकेको बताए । उनले कर्मचारी सबैलाई जिम्मेवार र जवाफदेही हिसावले राजश्व संकलनको काममा केन्द्रित हुन निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो