असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्म"/>
३ पुष २०८२, बिहीबार
पर्बत - PBT

चारतारे झण्डामुनी सिडिओ राजेश पन्थीको बास

१६ असार २०७४, शुक्रबार ०२:१०

असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्मेबारीबिपरित चारतारे झण्डामुनी बास बसेका हुन ।न्यूज सारथीमा खबर छ

हुवासमा इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको आतिथ्यतालाई लत्याएर नेपाली काँग्रेस पैंयूँ गाउँपालिकाका सभापति डम्बरबहादुर प्रधानको घरमा बास बसेका हुन । २० दिनअघि पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा पर्वतमा आएका पन्थी आर्थिक बर्ष समापन हुनै लाग्दा पर्वतको हुवासमा घुम्ती शिविर लिएर पुगेका थिए ।

उनले इलाका प्रशासन र इलाका प्रहरी कार्यालयमा बस्ने सुविधा हुँदा–हँुदै पार्टी प्रमुखको घरमा बास बसेपछि चौतर्फी आलोचित बनेका छन् । छानामा चारतारे झण्डा फरफराई रहेको घरमा पन्थी बास बसेपछि उनी चौतर्फी आलोचित बनेका छन् । ‘कुनै ब्यक्तिको घरमा बास बस्नु नराम्रो होइन तर बास बस्न आफ्नो मातहतका निकाय हुँदाहुँदै छानामाथि चारतारे झण्डा फरफराइरहेको घरमा बास बस्नु चाही उनी आफ्नो पदीय दायित्व बिर्सेको अनु्भुति भएको छ’ स्थानीय एक ब्यक्तिले भने ।

झण्डै छ महिनासम्म इलाका प्रशासन कार्यालय हुवासबाट नागरिकता बितरण गर्न नसक्दा घुम्ती शिविर लैजान नसकेको जिल्ला प्रशासन कार्यालय पर्वतले इलाका प्रशासन कार्यालयमा नागरिकता बितरण गर्नका लागि अधिकृत खटिएपछि शिविर चलाएको हो ।

शिविरमा जम्मा ३२ वटा मात्रै नागरिकता बितरण गरिएको थियो । ‘हुवासमा नियमित नागरिकता बितरण भइरहेको समयमा घुम्ती शिविरको नाममा लाखौ रुपैयाँ स्वाहा गर्नु राम्रो होइन’ पैयूँ गाउँपालिकाका एक स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट