असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्म"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्म"/>
2026-09-19 06:37 PM
पर्बत - PBT

चारतारे झण्डामुनी सिडिओ राजेश पन्थीको बास

असार १६ पर्वत ।–पर्वतका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले आफ्नो पदीय दायित्वबिपरितका गतिविधि गर्न थालेका छन् । यही असार १४ गते पर्वतको दक्षिण भेगस्थित पैंयूँ गाउँपालिका–४ मा रहेको घुम्ती शिविरका अवसरमा उनी पदीय जिम्मेबारीबिपरित चारतारे झण्डामुनी बास बसेका हुन ।न्यूज सारथीमा खबर छ

हुवासमा इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालयको आतिथ्यतालाई लत्याएर नेपाली काँग्रेस पैंयूँ गाउँपालिकाका सभापति डम्बरबहादुर प्रधानको घरमा बास बसेका हुन । २० दिनअघि पर्वत जिल्लाको प्रमुख जिल्ला अधिकारीका रुपमा पर्वतमा आएका पन्थी आर्थिक बर्ष समापन हुनै लाग्दा पर्वतको हुवासमा घुम्ती शिविर लिएर पुगेका थिए ।

उनले इलाका प्रशासन र इलाका प्रहरी कार्यालयमा बस्ने सुविधा हुँदा–हँुदै पार्टी प्रमुखको घरमा बास बसेपछि चौतर्फी आलोचित बनेका छन् । छानामा चारतारे झण्डा फरफराई रहेको घरमा पन्थी बास बसेपछि उनी चौतर्फी आलोचित बनेका छन् । ‘कुनै ब्यक्तिको घरमा बास बस्नु नराम्रो होइन तर बास बस्न आफ्नो मातहतका निकाय हुँदाहुँदै छानामाथि चारतारे झण्डा फरफराइरहेको घरमा बास बस्नु चाही उनी आफ्नो पदीय दायित्व बिर्सेको अनु्भुति भएको छ’ स्थानीय एक ब्यक्तिले भने ।

झण्डै छ महिनासम्म इलाका प्रशासन कार्यालय हुवासबाट नागरिकता बितरण गर्न नसक्दा घुम्ती शिविर लैजान नसकेको जिल्ला प्रशासन कार्यालय पर्वतले इलाका प्रशासन कार्यालयमा नागरिकता बितरण गर्नका लागि अधिकृत खटिएपछि शिविर चलाएको हो ।

शिविरमा जम्मा ३२ वटा मात्रै नागरिकता बितरण गरिएको थियो । ‘हुवासमा नियमित नागरिकता बितरण भइरहेको समयमा घुम्ती शिविरको नाममा लाखौ रुपैयाँ स्वाहा गर्नु राम्रो होइन’ पैयूँ गाउँपालिकाका एक स्थानीयले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो