माघ १७, बझाङ । हिजो देखी सुरु भएको नेपाली काँगे्रशको गाँऊ तथा गाविस अधिबेसन आज धमेना गाविस मा पनी सम्पन्न भएको छ । नेपाली काँगे्रशका जिल्ला कार्य समीतीका सदस्य हेम राज जोशी र सचिब भत्त बहादुर जोशीको प्रमुख अतिथीमा आज गाविस अधिबेसन सु सम्पन्न भएको हेमराज जोशीले जानकारी दीनु भएको छ । त्यस्तै कालुखेति गाविसमा पनी अधिबेसन सम्पन्न भएको खबर ललीत सिहँले खबर पठाउनु भएको छ ।
त्यस्तै बझाङ जिल्लाका अन्य अधिकांश गाविसमा अधिबेसन सुसम्पन्न भएका खबरहरु प्राप्त भएका छन् । तर बझाङ जिल्लाको भामचौर गाविसमा भने नेपाली काँगे्रशको अधिबेसन स्थगीत भएको खबर प्राप्त भएको छ । गाँऊ परिसद्को अधिबेसन हुनेक्रममा केन्दीय समीतीले ५३ जना क्रियाशिल सदस्य गाँऊ क्षेत्र भएर गएको सिधै जिल्ला बाट मनोनित भएका हुन भनी उनिहरु अबैधानीक हुन भनी संस्थापन पक्षले अधिबेसन गर्न नमाने पछि गाँऊ अधिबेसन नै स्थगीत भएको जनाईएको छ ।
साथै भामचौर गाविसका स्थानीय ब्यात्तीहरुले सुरेश मल्ल र नरेश सिहँले मीलाए मात्र अधिबेसन गर्न सकीने अडान लीएको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख देबेन्द्र मल्लले जानकारी दीनु भएको छ । त्यस्तै जयपृथ्वी नगरपालीका वर्डा नः ४ पनी विबाद भएको खबर प्राप्त भएको छ भने नगरपालीका वर्डा नः १० मा पनी विबादका कारण अधिबेसन स्थगीत भएको खबर प्राप्त भएको छ ।