९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले भन्यो- हाम्रा उम्मेदवारलाई धम्क्याइयो, अपहरण गरेर लगियो

२ मंसिर २०८१, आईतवार १३:४२

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूलाई आसन्न मंसिर १६ को उपनिर्वाचनका क्रममा धम्की र अपहरणको प्रयास भइरहेको पार्टीले दाबी गरेको छ। पार्टीका सांसद तथा केन्द्रीय उपनिर्वाचन परिचालन समिति सभापति गणेश पराजुलीले उम्मेदवारहरूलाई धम्की दिनुको साथै केहीलाई अपहरण शैलीमा लुकाउने प्रयास भइरहेको बताएका छन्।

‘देशभर हाम्रो उम्मेदवारलाई धम्की दिइएको छ। केही स्थानमा अपहरण शैलीमा लुकाउने कामसमेत भएको छ। यसको हामी भण्डाफोर गर्छौँ,’ पराजुलीले पत्रकार सम्मेलनमा जानकारी गराउने बताएका छन्।

हुम्लामा उम्मेदवारमाथि हमला र अपहरणको आरोप
रास्वपाका कार्यवाहक महामन्त्री बुर्लाकोटीले विज्ञप्ति जारी गर्दै हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष पदका उम्मेदवार सुजता थापालाई धम्की र अपहरण प्रयास गरिएको गुनासो गरेका छन्।

बुर्लाकोटीका अनुसार शनिबार, मंसिर १ गते, करिब ४०-५० जनाको समूहले थापाको घरमा आएर उनलाई र उनका श्रीमान् बल थापालाई धक्कामुक्की गर्दै अज्ञात स्थानतर्फ लगेको दाबी गरेका छन्। यस घटनापछि गाउँमा तनाव सिर्जना भएको थियो।

‘घटना थाहा पाएलगत्तै हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई जानकारी गराइयो। प्रहरीले खोजतलास र उद्धारका लागि टोली परिचालन गरेको छ,’ बुर्लाकोटीले भने।

रास्वपाले यसबारे थप जानकारी दिनका लागि दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ। यस क्रममा उम्मेदवारमाथि भइरहेको धम्की र अपहरण प्रयासको विस्तृत विवरण सार्वजनिक गर्ने बताइएको छ।

रास्वपाका नेताहरूले भनेका छन् कि यस्ता गतिविधिले निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा असर पुर्‍याउने खतरा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता