९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

खादा र माला सहित तामझामका साथ उम्मेदवारी दिन निस्किएका महर्जनले उम्मेदवारी रोक्नुपरेपछी….

२ मंसिर २०८१, आईतवार १४:४९

कीर्तिपुर | कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा उम्मेदवारी दिन निस्किएका अष्टमान महर्जनले बीच बाटोमै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। माओवादी केन्द्रबाट उम्मेदवार बन्ने तयारी गरेका महर्जनले पार्टीको निर्णय अनुसार जसपाका सरल महर्जनलाई समर्थन गर्ने घोषणा गरेका छन्।

टिका, खादा र माला सहितका माओवादी उम्मेदवारहरूको र्‍याली निर्वाचन कार्यालयतर्फ जाँदै गर्दा बाटोमै १ नम्बर वडामा माओवादीले जसपासँग तालमेल गर्ने निर्णय भएको खबर आयो। यसपछि अष्टमान महर्जनले आफ्नो उम्मेदवारी रोक्ने निर्णय गरे।

अष्टमान महर्जनले आफू पार्टीको निर्णयलाई सम्मान गर्ने बताउँदै भने, ‘पार्टीले जसपासँग गठबन्धन गर्ने निर्णय गरेको छ। म बागी उम्मेदवारी दिन्नँ। सरल महर्जनलाई मेरो समर्थन छ।’

महर्जनले सरल महर्जनलाई शुभकामना दिँदै र्‍यालीमै सहभागी भए। उनीहरू सँगै फोटो खिचाउँदै माओवादी र जसपाबीचको एकता प्रदर्शन गरे।

वडा नम्बर १ मा माओवादी केन्द्रले जसपाका उम्मेदवार सरल महर्जनलाई समर्थन गर्ने निर्णय गरेको छ। यस कदमलाई माओवादीले आफ्नो रणनीतिक सहकार्यका रूपमा प्रस्तुत गरेको छ।

यो घटनाले कीर्तिपुरमा माओवादी र जसपाबीचको सहकार्यलाई थप बलियो बनाएको देखिएको छ। अष्टमान महर्जनको उम्मेदवारी फिर्ता र सरल महर्जनलाई समर्थनले चुनावी मैदानमा नयाँ मोड ल्याएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता