२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाको दाबी- सहकारीबाट अपचलन भएको ८८ अर्ब मकै पोल्ने र जुत्ता पालिस गर्नेको होईन, राजनीतिक भ्रष्टाचारीको हो

२ मंसिर २०८१, आईतवार १७:०५

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले सहकारी ठगी प्रकरणलाई लिएर प्रमुख दलहरूमाथि तीव्र आलोचना गरेका छन्। आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारी ठगी छानबिन विशेष समितिले प्रतिवेदनमा औंल्याएको ८८ अर्ब रुपैयाँ हिनामिनामध्ये ८५ अर्ब राजनीतिक भ्रष्टाचारको पैसा रहेको दाबी गरे।

झाका अनुसार मकै पोल्ने र जुत्ता पालिस गर्ने सर्वसाधारणको नाममा इमोशनल ब्ल्याकमेल गर्दै ठूला दलहरूले सहकारीमा भएको हिनामिनालाई सामान्य बनाउन खोजेका छन्। उनले भने, ‘४० वटा सहकारीबाट ८७ अर्ब रुपैयाँ अपचलन भएको प्रतिवेदनले देखाउँछ। के सबै पैसा मकै पोल्ने र जुत्ता पालिस गर्नेको हो त? होइन, यो राजनीतिक भ्रष्टाचारको पैसा हो।’

झाले सहकारी ठगी प्रकरणमा पारदर्शिता ल्याउन सरकारले कडा कदम चाल्नुपर्ने सुझाव दिए। उनले एक अर्बभन्दा माथिको रकम सहकारीमा राख्दा स्रोत खुलाउनुपर्ने कानुनी व्यवस्था गर्न चुनौती दिँदै भने, ‘सहकारीमा स्रोत खुलाउनुपर्दैन, यही कारणले पुराना पार्टीहरूले ब्ल्याक मनी सहकारीमा राखेका छन्। हामी प्रस्ताव गर्छौं कि एक करोडभन्दा धेरैको स्रोत खुलाउन कानुनी व्यवस्था गरियोस्।’

झाले सहकारी ठगीमा थोरै मात्र रकम मकै पोल्ने र जुत्ता पालिस गर्ने जस्ता सर्वसाधारणको हुनसक्ने बताए। बाँकी ८५ अर्ब रुपैयाँ भने राजनीतिक भ्रष्टाचारबाट आएको स्पष्ट दाबी गरे।

हालै संसदीय छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनले ४० वटा सहकारीमार्फत ८७ अर्ब रुपैयाँ अपचलन भएको उल्लेख गरेको छ। यस प्रकरणले देशभरमा ठगीका घटना र सहकारीहरूको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ।

मनिष झाले सहकारीलाई राजनीतिक दलहरूको कालो धनको अखडा बनाइएको आरोप लगाउँदै यसबारे कठोर कानुनी कदम चाल्नुपर्नेमा जोड दिए। उनले सर्वसाधारणको नाममा गरिने भावनात्मक ब्ल्याकमेल रोक्न आह्वान गर्दै सहकारी ठगी प्रकरणको निष्पक्ष छानबिनको माग गरे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य