पढ्न करिब 1 मिनेट लाग्छ

राम नारायण पंडित/असार १६, सिरहा । मिर्चैयामा गएराति (विहिवार) अज्ञात व्यक्तिले एउटा मोटरसाइकलमा आगजनी गरेको छ ।

मिर्चैया ५ थाना चौकमा छोटु पान पसल संचालन गर्दै आएका शिबनन्दन साहको स २ प ९५९९ नंम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ । राति पसल बन्द गरि पसलको छेउमा मोटरसाईकल राखिएको अबस्थामा अज्ञात व्यक्तिहरुले आगजनी गरेको पिडित साहले बताएको छ ।

आपसी रिसिबीको कारणले मोटरसाइकलमा आगजनी गरिएको हुन सक्ने पिडित साहको भनाई रहेको छ । यता, मोटरसाइकलमा आगजनी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिई अनुसान्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए ।

अनुसन्धानमा असर पर्ने भन्दै पक्राउ परेकाहरुको नाम गोप्य राखिएको डिएसपी बज्राचार्यले जनाएको छ ।